हरेक वर्ष अभियान : रोकिँदैन महिला हिंसाका घटना

  • मंसिर २५, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम /  गत असोज ३ गते १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका – १० का २९ एक वर्षीय युवा पक्राउ परे । प्रक्राऊ परेका ती युवालाई प्रहरीले जिल्ला अदालतमा असोज ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो ।

वैसाख १५ गते १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चुलाचुली गाउँपालिका – २ का २७ वर्षीय एक युवा पक्राउ परे । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा २०७९ कार्तिक २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो ।

जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालको कार्तिक २० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गए । उता सूर्योदय नगरपालिका ४२ वषीय पुरुष बलात्कार आरोपमा गत असोज ६ गते पक्राउ परे । ४८ वषिर्या महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो ।

माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन । जिल्लामा बलात्कारसँग सम्बन्धित २६ वटा सहित ३८ वटा हिंसाका घटना रहेको पाइएको छ । इलाममा इन्सेक जिल्ला प्रतिनिधिले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार जिल्लामा बालबालिका अधिकार सम्बन्धी २५ र महिला अधिकार सम्बन्धी १३ वटा गरी ३८ वटा घटना रहेको इन्सेक जिल्ला प्रतिनिधि बबिता मैनालीले जानकारी दिइन ।

जिल्लामा बलात्कारका घटना २१, बलात्कार प्रयास पाँच वटा, बाल यौन दुरुपयोग चार वटा, बालविवाह,मानव बेचबिखन, बहुविवाह, हत्या, आत्महत्या दुरुत्साहन र घरेलु हिंसाका एक एक वटा घटना रहेको तथ्याङ्क छ । जसमा सबैभन्दा बढी बलात्कारसँग सम्बन्धी घटना रहेको पाइएको छ ।

इलामको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले समाजमा हुने हिंसात्मक घटनामा समाज निदाउनु हुँदैन भनेर १६ दिने अभियान चलाइएको बताउँदै अहिले पनि यस्ता घटना घट्नु दुखद रहेको बताए । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । बर्सेनि अभियान सञ्चालन गरिरहेपनि हिंसात्मक घटना भने कम हुन सकिरहेको छैन । हिंसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गर्ने गरिन्छ ।

समाजमा हुने हिंसात्मक घटना न्यूनीकरण गर्न अभियान चलाए पनि अभियानमा मात्रै सीमित रहेको पाइन्छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानासाही सरकारले निर्मम हत्या गरेको थियो । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमाध लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

 

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सामाजिक स्वास्थ्य क् ...

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएक ...

सार्वजनिक सम्पत्ति ...

धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिं ...

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved