विजेता विद्यार्थीहरू मेघाद्वारा सम्मानित

  • मंसिर २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान : हिसान स्पोर्टस् मिटअन्तर्गत विभिन्न खेलमा विजेता बनेका आप्mना विद्यार्थीहरूलाई मेघा हिमालयन कलेजले आइतबार सम्मान गरेको छ ।

उपाधि जित्न सफल विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल भाष्कर पौड्याल, एकेडेमिक डाइरेक्टर तथा बास्केटबल संयोजक अर्जुन घिमिरे, व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमलगायतले खदा र अबिर लगाइदिएर सम्मान गरेका थिए । विद्यार्थीहरूलाई हौसला प्रदान गर्न उनीहरूलाई सम्मान गरिएको प्रिन्सिपल पौड्यालले बताए । विद्यार्थीहरूको मेहनत र परिश्रमलाई कदर गर्न उनीहरूलाई सम्मान गरिएको बास्केटबल संयोजक घिमिरेको भनाइ छ ।

मेघा हिमालयनकै कोर्टमा शनिबार सम्पन्न बास्केटबलको फाइनल खेलमा पुरुषतर्पm मेघा हिमालयनले एम्स एकेडेमीलाई ४५–३४ र महिलातर्पm धरान उच्चले मेघालाई २१–११ अङ्कले पराजित गर्दै उपाधि हात पारेका हुन् । पुरुषतर्पm फाइनल खेलको प्रत्येक क्वार्टरमा मेघा र एम्सले १३–९, १०–१२, १३–१० र ९–३ अङ्क जोडेका थिए । यसैगरी महिलातर्पm धरान उच्च र मेघा हिमालयनले ६–२, २–६, ९–१ र ४–२ अङ्क जोडेका थिए ।

प्रतियोगिताका म्यान अफ द म्याच पुरुषतर्पm मेघाका सविन राई र महिलातर्पm धरान उच्चकी सविना राई घोषित भएका थिए । मोस्ट इमर्जिङ प्लेयरमा पुरुषतर्पm एम्सका सितम लिम्बू र महिलातर्पm मेघा हिमालयनका सम्झना राई घोषित भएका थिए । हाई स्कोररमा पुरुषतर्पm धरान आदर्शका सौगात मल्ल र महिलातर्फ धरान उच्चका सन्ध्या राई घोषित भए । प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर पुरुषतर्पm मेघा हिमालयनका योगेश राई र महिलातर्फ धरान उच्चका सन्ध्या राई घोषित भए ।

हिसान सुनसरीको आयोजनामा भइरहेको स्पोर्टस् मिटअन्तर्गत टेबलटेनिसको उपाधि पनि मेघा हिमालयनका सिद्धार्थ तामाङले हात पारेका छन् । यस्तै, ब्याडमिन्टनमा भने मेघा हिमालयनका छात्र योदेश राई फस्र्ट रनर अप भएका छन् ।

 

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved