किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगाको जयन्ती मनाइयो

  • मंसिर २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।
मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो ।

विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए ।

जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको थियो । लिम्बु जातिको मुख्य पर्व चासोक तङनामका अवसरकै दिन किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेबेको जयन्ती पर्ने गर्दछ । सिरिजंगा लिपि नेपालको मौलिक लिपिको रुपमा लिइएको छ ।

यसै लिपिमा लिम्बु भाषाका वाङमयमा पाइने इतिहास र साहित्यका सबै विधाहरूका कृति, लिखत पाइन्छन् । हालै आदिवासी किरात समुदायका भाषाहरूलाई पनि लेख्य परम्परामा ल्याउन सिरिजंगा लिपिलाई विकसित गरी यसको नाम किरात सिरिजंगा लिपि राखिएको छ ।

लिम्बु भाषा संस्कृतिलाई समृद्ध बनाउने लिपिका प्रवर्तक सिरिजंगाको धरान–८ तीनकुने चौक स्थित पूर्ण कदको शालिकमा चुम्लुङले चासोक तङनामकै अवसर पारेर प्रत्येक बर्ष बाजागाजा सहित सम्मान गरिने गरिएको छ ।
सिरिजंग सिंह थेबेको जन्म सन् १७०४ मा तत्कालीन लिम्बुवानको ताप्लेजुङ जिल्ला सिनाम तेल्लोकको याङवरक गाउँमा भएको थियो । इतिहासकारहरूका अनुसार प्रथम सिरिजंगा राजा थिए र उनले लिपिको आविष्कार गरेका थिए । सिरिजंगा सिंहथेबे उनैका अवतारका रूपमा जन्म लिएर लिपिको प्रचार प्रसार गर्दा गर्दै सिक्किममा हत्या भएको थियो ।

पछिल्लो समय सिरिजंगा एकै व्यक्ति थिए र उनी सिरिजंगा सिंहथेबेनै थिए भन्ने तर्क पनि खोजकर्ताहरूले दिन थालेका छन् । प्राज्ञिक रूपमा यसको छिनोफानो भने भएको छैन । तर लिम्बु भाषालाई लेख्य परम्परामा ल्याउने कार्य सिरिजंगा सिंहथेबेले प्रवर्द्धन गरेको लिपिले नै हो भन्ने कुरामा दुईमत छैन । यो लिपिलाई अहिलेको अवस्था सम्म ल्याउने विकास कार्यका धेरै भाषा लिपि वैज्ञानिकहरूको योगदान रहेको छ ।

धरानमा मर्निङवाक जाँ ...

धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक ...

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved