अलैचीको मूल्यमा गिरावट:कृषकको मेहनत बालुवामा पानी

  • मंसिर २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / अचैलीलाई कालो सुनको रुपमा लिने गरिएको छ । अलैची खेतिबाट धनकुटाका अधिकांश कृषकको जीवनस्तर उक्सेको छ । तर केही बर्ष यतादेखि अलैचीको मूल्यम ागिरावट आएपछि भने कृषकहरुले उत्पादन गरेको अलैची सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । मूल्य गिरावट आएसँगै कृषक मारमा परेका छन् भने सँगसँगै व्यापारी समेत सोचेजति मुनाफा गर्न नसक्दा चिन्तित बनेका छन् ।
धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैची खेति गर्ने गरिएको छ । धनकुटाको अधिकांश ग्रमीण भेगमा अलैची खेति कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ । त्यसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाका कृषकहरुले पनि राम्रो आम्दानीको स्रोत अलैची बनेको छ । अलैचीको खेतीबाटै विगतमा राम्रो आम्दानी भए पनि यस बर्ष भने उत्पादन गरेको अलैचीले भाउ नपाउँदा समस्या भएको कृषकहरुको भनाई छ ।

महालक्ष्मी ४ धनकुटाका कृषक डम्बरबहादुर पौडेलले गत बर्षभन्दा यस बर्ष अचैलीको भाउ प्रतिमन २ हजारले घटेको बताएका छन् । उनले भने–‘गत बर्ष २६ हजार रुपैया प्रतिमन विक्री गरेको भएपनि यस बर्ष २४ हजारमा झरेको छ , प्रतिमन २ हजार घट्दा पनि धेरै घाटा व्यहोर्नु पर्छ ।’ उनले मात्र १० देखि १५ मत अलैची उत्पादन गर्ने गरेको बताए । उनले भने–‘गत बर्ष मैले अन्तिम मूल्य प्रतिमन ४६ हजारसम्म विक्री गरे, यस बर्ष भाउ आउला जस्तो लाग्दैन ।’

अलैचीको खेतिबाटै पौडेलले विगतमा मनग्गे आम्दानी गरेका छन् । अचैली बेचेरै उनले गाउँमा जग्गा थपेका छन् भने सुनसरीको तरहरा, मोरङको सलकपुरमा जग्गा समेत लिएका उनी सुनाउँछन् ।
अलैचीले मूल्य नपाएपछि उनले बिक्रीका लागि तयार पारेको अलैची पनि विक्री गर्न सकेका छैनन् ।

भाउ आउला र बेचुला भन्ने आशा बोकेका उनलाई भाउ अझ घट्ने हो भन्ने चिन्ता छ । उनी भन्छन्–‘व्यापारीहरु घर गाउँमै आइपुग्छन्, सस्तो दाममा माग्छन्, भाउ आउला भन्ने आशामा बेचेको छैन, अझै घट्ने हो कि भन्ने चिन्ता पो लागिरहेछ ।’
उनी जस्तै महालक्ष्मी ४ कै देवेन्द्र चापागाइ पनि उस्तै चिन्ता छ ।

उनले पनि प्रत्येक बर्ष ५ देखि ७ मन सम्म अलैची उत्पादन गर्ने गरेको सुनाउँछन् । उनी भन्छन्–‘यस बर्ष त अलैचीले भाउ नपाउला जस्तो छ, मेहनतमात्र खेर जान्छ जस्तो छ ।’ उनले कोरोना संक्रमणपश्चात क्रमिक रुपमा अलैचीको भाउ घट्दै गएको बताए । उनले भने–‘कोरोना अघि अलैचीको भाउ उच्च थियो, त्यसपछि क्रमिक रुपमा भाउ घट्दै गएका छ ।’ वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको व्यवसायी बताउँछन् ।

अहिले क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीहरु बताउछन् । यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए । उनले भने–‘नेपालमा उत्पादन भएको अलैची भारत लग्ने हो, भारतले अलैची नै माग गरेको छैन, यसले गर्दा पनि भाउमा गिरावट आएको हो ।’
अलैचीबाट कृषकको जीवनस्तर फेरिएसँगै अन्य बालीको सट्टा अलैची उत्पादनमा बढी समय दिँदा यो समस्या आएको हुनसक्ने व्यापारीहरु बताउँछन् । कृषकहरुको उत्पादन बढी र माग कम हुँदा भाउमा गिरावट आएको हुनसक्ने उनीहरुको अनुमान छ ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved