कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता: संयोग–सगुन र अनमोल–गीताको शानदार जीत

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बि’ लेभलको उपाधि हात पारेका छन्।

धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिबार र आइतबार धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा संयोग/सगुनको जोडीले फाइनल खेलमा हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्।

विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता हिमाल–सुशीलले नगद २७ हजार प्राप्त गरे।

प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्ड्रेस लिम्बुको जोडी संयुक्त तेस्रो स्थानमा रहँदै ९/९ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

महिला खुल्ला मिक्स डबल ‘बि’ लेभलतर्फ अनमोल राई र गीता राईको जोडी विजेता बन्यो। उनीहरूले फाइनलमा सन्दीप राई र मनिषा तामाङलाई १६–२१, २१–१७ र २१–११ को प्रतिस्पर्धात्मक खेलमा हराउँदै उपाधि जिते।

विजेता जोडीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता सन्दीप–मनिषाले १८ हजार नगद प्राप्त गरे।

विशाल थापा–योगिता थापा र मनि चाम्लिङ–रोजीको जोडी संयुक्त रूपमा तेस्रो भएका छन्। उनीहरूले ५/५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

धरान नगरपालिका स्तरको ‘सी’ लेभल विजेताको उपाधि आशिष राई–मनिल राईको जोडीले जिते। उनीहरूले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए। उपविजेता जीवन कन्दङवा–कर्णदल लिम्बुले १० हजार, तेस्रो भएका राम लिम्बु–जीवन लिम्बु र सकुल गुरुङ–कुमारले ३/३ हजार नगदसहित पुरस्कार पाए।

विजेताहरुलाई प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक मनि चाम्लिङ राई, टङ्क लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा कोशी प्रदेशभरका १९१ टिमको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय खेलाडी विशाल तामाङ, विनय चौधरी, भोजबहादुर गुरुङ र महेश खडकाको मैत्रीपूर्ण प्रदर्शनले माहोल झन रमाइलो बनाएको थियो।

त्यस्तै, कार्यक्रममा मोरङका शारीरिक रूपमा अशक्त (एक हात नभएका) खेलाडी हेम गुरुङलाई पनि खेलप्रति समर्पण र प्रेरणाका रूपमा ५ हजार रुपैयाँसहित सम्मान गरियो।

धरानको कभर्डहलमा दुई दिनसम्म चलेको ब्याडमिन्टन उत्सवले प्रतिभावान खेलाडीहरूलाई उजागर गर्नुका साथै खेलमैत्री वातावरण सृजना गरेको आयोजकले जनाएका छन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved