दुर्घटना परेकी देविकालाई उपचारमा वेवस्ता गरेको आरोप सवै उपचार गर्दैछु,दुर्घटनामा व्यापार गर्नु भएनःपीडक

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा कारको ठक्करबाट गंभीर दुर्घटनामा परेकी देविका खनाल(सुवेदी)का आफन्तले न्याय दिलाउन माग गरेका छन् ।

मोरंगको सुन्दरहरैचा नगरपालिका ७ की २९ वर्षिय खनाललाई २०८१ साल २२ गते फागुनमा साँझ साढे ६ बजे वा २१ च ६८८८ नम्बरको निशान कारले ठक्कर दिई गंभीर घाइते भएकी २९ वर्षिय खनाल अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जीवन वचाउनको लागि थप उपचाररत रहेकी छिन् ।

जग्गा संवन्धी कारोबारको लागि गएकी खनाल साथीको प्र.१.०२.०४४ प ७४२८ नम्बरको मोटरसाइकलमा कान्छी चौक हुँदै घर फर्किने क्रममा उक्त दुर्घटना भएको उनकी दिदि गीता खनालले वताएकी छिन् । दुर्घटना भएपछि अचेत अवस्था विराटनगर नरसिंह होममा मोटरसाईकल चालक र साथीले उपचारको लागि पुर्याएको र आफुलाई साढे ९ वजे राती मात्रै वहिनी दुर्घटना परेकी भनेर कल आएको बताएकी छिन ।

कारको ठक्करबाट खनालको कम्मर देखि मुनिको भाग गंभीर असर परेकोले तीन महिनादेखि बहिनीको दिसा पिसाव ओछ्यानमा नै हुने गरेको छ । उनको कम्मरदेखि देब्रे खुट्टा परै नचल्ने भएको छ । घुँडादेखि माथिल्लो भागमा दुई ठाउँ फ्क्याचर भई तीन स्थानमा नै अप्रेसन गरेर पनि अहिले सम्म ठिक नभएपछि थप उपचारको लागि प्रतिष्ठानमा ल्याएको छ ।

दुर्घटनाबाट जीवन र मरणको दोषाधमा पुगेकी आफ्नी बहिनीको उपचारमा संवन्धित पक्षले वेवास्ता गरेकाले आफुहरु न्यायको खोजीमा रहेको खनालले बताएकी छिन । जीवन वचाउनको लागि न्याय माग्न प्रहरी प्रशासन सम्म पुगेपनि संबन्धित निकायले वेवास्ता गरेको आरोप पीडितका आफन्तले लगाएका छन् ।

गीताले भनिन,“घट्ना २०८१ साल फागुन २२ गते भएको हो,त्यो दिन मेरो बहिनी जग्गा संवन्धि कामको लागि रामधुनीको कान्छी चौक हुँदै साथीको मोटरसाइकलमा घर फर्किने क्रममा उक्त कारले ठक्कर दिएर अचेत बनाएको रहेछ,घट्नालाई भित्र भित्रै गुपचुप पार्ने प्रयास भयो तर खोजी गर्दै जाँदा दुर्घटना गराउने कार चाहिँ इनरुवा नगरपालिका वडा नं.६ का वडाध्यक्ष समुन  थापाको रहेछ,शुरुमा दुर्घटना अरु नै गाडीले गरेको भनेर भनियो तर यथार्थ कुरा पता लागेर हामी प्रक्रियामा गइयो,प्रक्रियामा जाँदा खेरी पनि हामीलाई पुरै प्रहरीले समेत वेवास्ता गर्यो तर पनि हाम्रो दबावपछि अन्ततः पीडिक कारधनी सुमन थापालाई पकली प्रहरीमा ल्याएर औषधी उपचार गर्ने सहमती पछि वहिनीको उपचार विराट नरसिंह होममा उपचार गर्दा पनि अहिले सम्म विरामीलाई ठिक भएको छैन।”

नरसिंह अस्पतालमा पनि आफुहरुले औषधी उपचार कष्टका बावजुद गराएर मानसिक तनाब बढी खपेको आफन्त जनको भनाई छ । पीडक थापाले समयमा कल नउठाउने अस्पतालमा पनि विरामी ठिक नभई चिकित्सकसँग मिलोमतो गरि डिस्चार्ज गराउन दबाद दिने गरेको आरोप छ । दुर्घटनामा परेकी खनालको औषधी उपचार गर्नको लागि पीडक थापाले खर्च उपलव्ध गराउने प्रहरीमा सहमति भएपनि खर्च उपलव्ध गराउन दुख कष्ट खेप्नु परेको आफन्तजनले बताए ।


यता पीडक सुमन थापा जो इनरुवा नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष समेत हुन् । उनले भने आफुले औषधी उपचारमा पीडितलाई कुनै कसुर वाँकी नराखेको बताएका छन् । कोशी पत्रको मोबाइल संबादमा उनले दुर्घटना भएको र प्रहरीमा वसेर आफुले गरेको सहमति बमोजिम घाइतेलाई विराट नरसिंह होममा लगेर सम्पुर्ण खर्च पानी समेत व्यहोर्दै आएको थापाको भनाई छ ।

उनले भने,“दुर्घटना भएपछि उपचारको लागि विराट नरसिंह होममा लगेर उपचारको सम्पुर्ण खर्च व्यहोरेको छु,म एउटा जनप्रतिनिधी पनि हो,मैले कुनै कसुर उपचारको लागि बाँकी राखेको छैन, दुर्घटना भवितव्य भएकाले विरामीलाई ठिक गर्नु नै पर्छ,त्यसैले ११ दिन सम्म अस्पतालमा राखेर उपचार गरियो , म आफैं स्वयम् उपस्थित भएर विरामी र आफन्तलाई भेटेर सवै कुरा मिलाएको हो,११ दिन पछि चिकित्सकले विरामीलाई घरमा नै राखेर दवाई खाएपछि विस्तार ठिक हँुदै जाने छ भन्ने सल्लाह बमोजिम डिस्चार्ज दिने सन्दर्भमा भने विरामीको आफन्तले अलिक समय अस्पतालमा राखेर उपचार गर्नु पर्छ भने सोही बमोजिम २२,२३ दिन उपचार गराइएको हो,विरामी सुधार हुँदै गएपछि चिकित्सकको सल्लाह बमोजिम डिस्चार्ज गरिएको हो ।

घरमा पनि मैले विरामीको लागि दैनिक चिकित्सकको व्यवस्था समेत गरि दिएको थापाको भनाई छ । हाल सम्म विरामीको उपचारको लागि साढे ४ लाख रुपैयाँ आफुले खर्च व्यहारेको बताए । विरामीको आफन्तले खाना खाएको ७२ हजारको विल समेत लिएर आएपछि उक्त खाना खाएको विलको रकम समेत आफुले तिरेको बताएका छन् ।

मसँग सवै बैंक स्टेटमेण्ट छ,मैले बैकिँग कारोबार नै गरेको छु, दुर्घटना भईसकेपछि सम्पुर्ण गर्ने काम मैले गरि नै रहेको छ । तर फेरी विरामी ठिक नभएको भन्दै चारै तिर आफुसँग कुनै जानकारी नै नदिई अस्पताल कुदाउने गरेको थापाले बताए ।आफुले कल गर्दा समेत कल नउठाउने गरेको उनको आरोप छ । तीन महिना पछि विरामीको आफुन्त फेरी मुद्धा मामिलामा जान थालेको बताए ।

आखिर  मैले सवै कर्तव्य पुरा गर्दै आएको छ, खर्चपानी सवै व्यवस्था गरेकै छु,चिकित्सकको सल्लाह पनि नमान्ने अनि मेरो कल पनि नउठाउने आफ्नै तरिकाले मुद्धा मामिलामा जान थालेपछि दुर्घटनामा व्यापार त गर्नु मिल्दैन नी ?उनले प्रश्न गरेका छन । अझै पनि विरामी ठिक पार्नको लागि नियम संगत रुपमा पछि नहट्ने उनले बताएका छन्् ।यता पकली प्रहरी चौकीका प्रमुख लेखनाथ दाहालले पनि दुवै पक्षलाई सहमति गराएर काम कार्वाही अघि बढेको बताए ।

तर पीडितका आफन्तले भने प्रहरीले जाहेरी लिन समेत नमानेको आरोप लगाएका छन । प्रहरी प्रमुख दाहालले भने दुवै पक्षलाई सहमति गराई विरामीको औषधी उपचार गराएको बताए । उनले भने “दुर्घटना भएपछि दुबै पक्षलाई छलफल गराएर सहमति गरिएको हो,पीडक पक्षले अहिले सम्म सहमति बमोजिम नै उपचार गराई रहनु भएको छ, कुनै समस्या छैन,समस्या भए हामी प्रहरीले नै पीडितलाई औषधी उपचार र न्याय दिलाउन सहयोग गर्न पहलकदमी गर्ने नै छौ।”


घाइते खनालको आज( सोमबार ) थप घुँडाको सल्यक्रिया भएको आफन्तले बताएका छन्। साँझ सम्म अप्रेशन सफल भएको छ । वीपी प्रतिष्ठानमा थप उपचार गर्नको लगि आर्थिक कठिनाई भएको विरामीको आफुन्तले बताएका छन् ।

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved