सरकारी बीमाले औषधि व्यवसाय चौपट

  • जेठ २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमका कारण धरानलगायतको निजी औषधि व्यवसाय धरासायी बन्दै गएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन्।

नेपाल औषधि व्यवसायी संघ, सुनसरीद्वारा इटहरीस्थित होटल गंगा जमुनामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले स्वास्थ्य बीमा नीतिले खुद्रा तथा थोक औषधि व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बताएका हुन्।

कार्यक्रममा बोल्दै संघका महासचिव नविनराज गौतमले सरकारको वर्तमान बीमा नीतिका कारण औषधि व्यवसाय नै धरापमा पर्ने खतरा देखिएको बताए। "सरकार पूर्वाग्रही ढंगले केवल ठूला अस्पताल र चुनिएका फार्मेसीहरूमा मात्रै बीमा लागू गरिरहेको छ, जसले बाँकी व्यवसायीहरूलाई संकटमा पारेको छ," उनले भने।

संघका अध्यक्ष दीपेन्द्रकुमार साहले सुनसरी जिल्लामा सक्रिय व्यवसायीहरूबीच देखिएको समस्याको समाधान खोज्न थोक व्यापारीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

संघमा एक सय व्यवसायी दर्ता भए पनि कार्यक्रममा ५० जना मात्रै सहभागी थिए। सहभागी व्यवसायीहरुले अस्वस्थ प्रतिस्पर्धा बढेको, कारोबारमा कमी आएको, साथै बीमा लागु भएका फार्मेसीहरूले कम्पनी वा आयातकर्तामार्फत सिधै औषधि खरिद गर्ने प्रवृत्तिले थोक व्यापारी थप संकटमा परेको गुनासो गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved