गर्भ तुहाएको आरोपमा स्वास्थ्य शाखा प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

  • मंसिर २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । गर्भवती महिलालाई कुटपिट गरी गर्भ तुहाएको आरोपमा मोरङको ग्रामथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झासहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । कुटपिटबाट २९ वर्षीया बुहारीकाृ ६ हप्ताको गर्भ खेर गएको भन्दै कुटपिटको आरोपमा झासहित उनका पाँच परिवारका सदस्यलाई मोरङ प्रहरीले मुद्दा दायर गरेको हो ।

कुटपिट गरी गर्भ तुहाएको विषयमा बुहारीले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले ससूरा ग्रामथान गाउँपालिका–२ घर भई विराटनगर महानगरपालिका–३ फुटबलचोक बस्ने ५४ वर्षीय झा, देवर २५ वर्षीय अभिषेक, सासु ५० वर्षीया अन्जुदेवी, नन्द २८ वर्षीया अश्मिता झा र मामा ससुरा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का ६५ वर्षीय तारानन्द झाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

डाक्टरसमेत रहेकी ती महिलामाथि गत जेठ ९ गते विराटनगर–३ फुटबलचोकमा ६ हप्ताको गर्भ खेर जानेगरी कुटपिट भएको थियो। सार्वजनिक रूपमा उनीहरूले काठको मुंग्रो र लात्तीले गर्भपतन हुनेगरी कुटपिट गरेका थिए। कुटपिटपछि उनीहरू फरार भएका थिए भने त्यसलगत्तै प्रहरीले मुचुल्का उठाएर पीडितबाट जाहेरी लिएको थियो ।

कोसी अस्पताल विराटनगरमा १६ जेठमा स्वास्थ्य परीक्षण गर्दा कुटपिट गरेको कारणले गर्भपतन भएको रिपोर्ट आएको थियो। कुटपिटको कारणले गर्भ खेर गएको अस्पतालको रिपोर्टले पनि पुष्टि गरेपछि वैशाख १७ गते त्यो परिवारका पाँच जना सदस्यविरुद्ध उनले मोरङ प्रहरीमा ‘गर्भ संरक्षणविरुद्धको कसुर’मा जाहेरी दिएकी थिइन्।

त्यसभन्दा अगाडि पनि ती महिला डाक्टरलाई जिउँदै जलाई दिन्छु भन्दै उनीहरूले धाकधम्की दिने कुटपिट गर्दै आएका थिए। गर्भमा असर परी लगातार ब्लिडिङ भएपछि उनले जेठ १३ गते मोरङ अदालतमा घाउ जाँच केस फारमको लागि निवेदन दिइन्।

सोही घाउ जाँच केस फारमको तथा शरीर परीक्षणको आदेश भए पनि उक्त दिन घाउ जाँच तथा शरीर परीक्षण हुन सकेन। त्यसपछि जेठ १६ गते घाउ जाँच केस फारम हुँदा उनीहरूको कुटाइको कारण ती महिलाको गर्भपतन भएको थियो ।

जाहेरी दिएपछि ज्यान मार्ने योजनाका साथ अभिषेक र उनका माइलो मामा सवार गाडीले ती महिला चढेको सिटी सफारीलाई ठक्कर दिएको थियो। पटक–पटक ज्यान मार्ने कोसिस गर्नेहरूलाई अदालतले पक्राउ नगरी अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले पक्राउ नगरी अनुसन्धान गरेको थियो।
अनुसन्धान सकेर प्रहरीले मंसिर ८ गते मोरङ अदालतमा म्याद जारी गरी कारबाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो । ‘प्रहरीले अभियोग लगाएर अदालतमा मुद्दा दायर गरेको छ,’ मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने, ‘गर्भ संरक्षणविरुद्धको कसुर मुद्दा दायर भएको छ। हालसम्म उनीहरू फरार रहेको बताइएको छ। अब म्याद लिएर अदालतमा उपस्थित गराइने छ ।

उनका अनुसार १५ दिनभित्र आरोपीहरूलाई अदालतमा उपस्थित हुन सूचना जारी गरिएको छ। उपस्थित नभएमा पक्राउ पूर्जी जारी हुने, सम्पत्ती रोक्का गरिने उनको भनाइ छ। उनका अनुसार प्रतिवादीमध्ये तारानन्द झाविरुद् सप्तरी जिल्ला अदालतमा र अन्य चार जनाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो।

प्रहरीले स्वास्थ्य शाखा प्रमुख झासहित पाँचै जना फरार भएका कारण पक्राउ गर्न नसकिएको जनाएको थियो। तर उनीहरू फरार नभइ दैनिकी कामकाजमा थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved