पेट्रेलियम पदार्थको मूल्य समायोजन गर (सम्पादकीय )

  • कार्तिक २, २०७९
  • कोशीपत्र/संवाददाता
alt

नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदा सर्वसाधारणको ढाड सेकिने गरेको छ । नेपालमा पेट्रेलियम पदार्थ बिक्री–वितरणको जिम्मेवारी नेपाल आयल निगमले लिएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्ने गरेको छ । निगमले जथाभावी मूल्यवृद्धि गर्ने गरेपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण गर्ने व्यवस्था मिलाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने घटबढअनुसार आईओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ । यसै मूल्यका आधारमा नेपालमा पनि मूल्य निर्धारण गर्नुपर्ने हुन्छ तर पछिल्लो समय निगमले आपूmखुसी गर्ने गरेको देखिन्छ । पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर सर्वसाधारणको ढाड सेकेको देखिन्छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा यहाँ पनि मूल्य तत्काल बढाउने तर घटेर आउँदा मूल्य नघटाउने निगमको व्यवहारले सर्वसाधारण मारमा परेका छन् ।

नेपालमा पेट्रोल र डिजेलको मूल्य बढेर प्रतिलिटर क्रमशः १९९ र १९२ रुपैयाँसम्म पुगेको थियो । पेट्रोलियम पदार्थमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर अर्थ मन्त्रालयले कटौती गरेपछि मात्र यो मूल्य कायम भएको थियो । चौतर्फी आलोचना र दवाबपछि गत असारको दोस्रो साता निगम पेट्रोलियम पदार्थको मूल्य घटाउन बाध्य भयो । त्यस बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डिजेलमा प्रतिलिटर २९ र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो । त्यसपछि निगमले पेट्रोल प्रतिलिटर १७९ र डिजेल प्रतिलिटर १६३ रुपैयाँमा बिक्री गर्न थालेको हो ।

गत अक्टोबर १ मा आईओसीबाट घटेको मूल्यसूची आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेन । यति मात्र होइन, उसले सो मितिमा प्राप्त मूल्यसूची नै सार्वजनिक नगरीे पेट्रोलमा प्रतिलिटर १६ र डिजेलमा प्रतिलिटर ९तथा मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ नाफा लिएर बेचेको थियो । ठूलो परिमाणमा रहेको ऋण तिर्न मूल्य समायोजन नगरिएको निगमको तर्क छ । अक्टोबर १५ मा बढेको मूल्यसूची आउँदा भने निगमले भोलिपल्ट नै सार्वजनिक गरेको छ । अहिले पनि आगामी १५ दिनमा करीब ३९ करोड रुपैयाँ नाफा हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत असारमा घटाएको मूल्यलाई पूर्ति गर्ने गरी भन्सार महशुल कटौती गर्ने मौखिक सहमति अर्थ मन्त्रालयले दिए पनि यो आश्वासन अभैm पूरा भएको छैन । यसैकारण ऋण तिर्न मूल्य समायोजन गर्न नसकिएको निगमले बताउने गरेको छ । अहिले महङ्गीका कारण सर्वसाधारण मारमा परेका छन् । यस्तो अवस्थामा पोट्रोलियम पदार्थको मूल्य समायोजन गर्नु आवश्यक देखिन्छ । पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले हरेक वस्तुको मूल्यलाई प्रभावित बनाउँछ । त्यसकारण पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारले वातावरण बनाउनु आवश्यक छ । भन्सार महशुल कटौती गर्ने मौखिक आश्वासन पूरा गर्न ढिलाइ गर्नु हुन्न । मूल्य घट्दा नघटाउने र बढ्दा बढाइहाल्ने प्रवृत्ति निगमले त्याग्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्वचालित रूपमा मूल्य समायोजन गर्ने व्यवस्थाको पालना गर्नुपर्छ । निगमका कर्मारीहरूले उच्च सुविधा लिने परिपाटीको पनि अन्त्य हुनुपर्छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved