भ्रष्टविरुद्ध नागरिक आन्दोलन आवश्यक (सम्पादकीय)

  • जेठ १०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

मूल नै दूषित भएपछि शाखामात्र सङ्लो हुने अपेक्षा गर्न सकिँदैन । हाम्रो देशको अवस्था यस्तै भएको छ । राजनीति सबैको मूल हो । यहाँ राजनीति नै दूषित हुँदा सबै क्षेत्रमा अराजकता, भ्रष्टाचार र बेथिति व्याप्त छ ।

सिङ्गो देश कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट आक्रान्त रहेको बेला राजनीति गिजोलिएको छ । प्रधानमन्त्रीको सम्पूर्ण ध्यान आप्mनो कुर्सीको सुरक्षामा केन्द्रित भएको छ । उनी प्रधानमन्त्रीमा आप्mनो निरन्तरता चाहन्छन् । आपूmलाई प्रधानमन्त्रीमा कायम रहन नदिने संसद् नै भङ्ग गरेर भए पनि उनी राजनीतिक अस्थिरताको मार्गमा अग्रसर भएका छन् । संविधानका अन्तिम रक्षक राष्ट्रपति पनि उनकै सहयोगी भूमिकामा देखिएकी छन् ।

यही विषम परिस्थितिमा देशका अन्य क्षेत्रमा पनि बेथिति चुलिँदै जान थालेको छ । देश र देशवासीप्रति कोही पनि जिम्मेवार देखिँदैनन् । सबै आ–आप्mनै स्वार्थपूर्तिमा लागेका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि अहिले यस्तै अवस्थामा पुगेको छ । पदाधिकारीहरूको असक्षमता र भ्रष्ट प्रवृत्तिका कारण प्रतिष्ठान झन्–झन् जीर्ण र कमजोर बन्न पुगेको छ ।

पदाधिकारीहरूकै भ्रष्ट र व्यक्तिवादी चरित्रका कारण प्रतिष्ठान अहिले पनि आन्दोलनको केन्द्र बन्न पुगेको छ । कोरोना सङ्क्रमित बिरामीहरूलाईसेवा दिइरहेका नर्सहरू सेवा–सुविधाको माग गर्दै आन्दोलित हुन बाध्य छन् । उनीहरूले गत वर्षकै जोखिम भत्ता पनि प्राप्त गरेका छैनन् । आपैmँलाई जोखिममा राखेर सङ्क्रमितलाई सेवा दिइरहेका नर्सहरूलाई उचित सुविधा उपलब्ध नगराउनु विडम्बनाकै विषय हो ।

प्रमुख पदाधिकारीहरू कमिसनको खेलमा मग्न भएका छन् । उनीहरू भ्रष्टाचारबाहेक केही सोच्दैनन् । पदाधिकारीहरूले केही नगरी सेवा–सुविधा लिइरहेको अवस्थामा बिरामीको सेवामा दिनरात सक्रिय नर्सहरूले भने तलब, भत्तासहित सेवा–सुविधाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु बेथितिको उत्कर्ष हो ।

तलब नपाउँदा केही दिनअघि चिकित्सकहरूले समेत काम रोक्न खोजेका थिए । सरकारको ध्यान यसतर्पm नजानु अझ ठूलो विडम्बनाको विषय हो ।

हुन त पदाधिकारीहरूको नियुक्ति प्रक्रियामै त्रुटि छ । आर्थिक चलखेलबाट पदाधिकारी नियुक्त गर्ने प्रक्रियाका कारण पछिल्लो समय यो बेथिति झाङ्गिँदै गएको हो । मन्त्रीहरूलाई ‘ब्रिफकेस’ बुझाएर आएका पदाधिकारीहरूबाट इमानदार चरित्र प्रदर्शनको अपेक्षा पनि गर्न सकिँदैन । यहाँ भएको त्यही हो । पहिले नै ‘ब्रिफकेस’ थापेका मन्त्रीहरूसँग तिनलाई कारवाही गर्ने नैतिक बल पनि छैन ।

अहिले प्रतिष्ठानमा चरम बेथिति छ । यस क्षेत्रकै उत्कृष्ट स्वास्थ्य संस्थाको परिचय बनाएको प्रतिष्ठानमा सङ्क्रमितहरूले अक्सिजन पाउन नसक्ने अवस्था आएको छ । यस्तो बेथिति अन्त्यको माग गर्दै विपक्षी दलहरू आन्दोलनमा छन् । अब धरानवासीले पनि दवाब दिनु आवश्यक छ ।

सरकार नालायक र भ्रष्टको संरक्षक भएको बेला नागरिक नै जुट्नुको विकल्प देखिँदैन । नागरिक आन्दोलन नै अन्तिम उपाय हो ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved