कोभिड नियन्त्रणमा गम्भीर बन (सम्पादकीय)

  • बैशाख ३०, २०७८
  • कोशीपत्र/संवाददाता
alt

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को महामारीले झन्–झन् भयावह रूप लिँदैछ र जनस्वास्थ्यविज्ञहरूले नियन्त्रणमा ध्यान केन्द्रित नगरे अझ कठिन अवस्था आउने चेतावनी दिएका छन् । अस्पतालहरूको अवस्था कहालीलाग्दो छ । शैय्याहरू भरिएका छन्, बिरामीहरूले अक्सिजन पाएका छैनन् । शैय्या र अक्सिजनका लागि अस्पताल घुम्दा घुम्दै बिरामीहरूले प्रण त्याग्नुपर्ने दारुण दृश्यहरू सामान्य भएका छन् । बिरामीका आफन्तहरू निरुपाय बनेका छन् ।

यस्तो अवस्थामा देशको राजनीति भने तरल बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रण र बिरामीको उपचारमा होइन, आप्mनै कुर्सी जोगाउनमा केन्द्रित छ । प्रतिपक्षीहरूले पनि महामारी नियन्त्रणमा ध्यान दिन सरकारलाई आग्रह गर्ने औपचारिकता पूरा गरेका छन् । उनीहरू पनि महामारी नियन्त्रणमा गम्भीर देखिँदैनन् । सबै दलहरू सरकार ढाल्ने र बनाउने खेलमै व्यस्त छन् । सर्वसाधारणको जीवन भने दिनहुँ सङ्कटमा पर्दैछ ।

यस्तो विषम् अवस्थामा पनि प्रधानमन्त्री ओली पनि महामारी नियन्त्रणमा संवेदनशील देखिँदैनन् । केही दिनभित्र सार्वजनिक उनका विचारबाट उनको बेवास्ता र संवेदनहीनता प्रस्ट हुन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन’ बाट केही दिनअघि प्रसारित अन्तर्वार्तामा उनले कोभिड महामारीबारे विवादास्पद अभिव्यक्ति दिए । उनले देशमा ‘कोरोना नियन्त्रणमा रहेको’ अभिव्यक्ति दिए । देशमा उनको यस अभिव्यक्तिको चर्को आलोचना भयो । सीएनएनमा यस्तो अभिव्यक्ति दिएको केही दिन नबित्दै बेलायती पत्रिका ‘द गार्जियन’ मा कोभिड महामारीकै विषयमा उनको एउटा आलेख प्रकाशित भयो । सो आलेखमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोगको याचना गरेका छन् । उनका यस्तै अन्तर्विरोधी धारणाहरूले गर्दा यहाँ अन्तर्राष्ट्रिय समुदायको ध्यान अपेक्षित रूपमा तानिएको छैन र यहाँ अवस्था दिनदिनै बिग्रँदै गएको छ ।

देश कोभिड–१९ को विनाशकारी महाव्याधिबाट आक्रान्त भइरहेको बेला दलहरूको ध्यान भने नयाँ सत्ता समीकरण निर्माणमा केन्द्रित छ । कोरोना सङ्क्रमण उच्च दरमा बढिरहँदा यहाँका स्वास्थ्य संरचनाहरू ठूलो दवाबमा परेका छन् । छिमेकी मुलुक भारत पनि यस्तै पीडादायी अवस्थामा छ । उसले पनि कोभिडविरुद्धको खोपको आन्तरिक अभाव झेलिरहेको छ । भारतले खोपको निर्यातमा बन्देज लगाएका कारण नेपालको खोप अभियान पनि सुस्त बनेको छ ।

यस्तो कठिन परिस्थितिको सामना गर्न यहाँ तत्कालै पूर्ण क्रियाशील सरकार निर्माण हुनु पहिलो आवश्यकता हो । संसद्बाट विश्वासको मत गुमाएपछि प्रधानमन्त्री ओली कामचलाउमा रूपान्तरण भएका छन् । वर्तमान सरकार कामचलाउ हो । यहाँ तत्काल पूर्ण सरकार गठन हुनु आवश्यक छ । यसका लागि दलहरू गम्भीर र संवेदनशील बन्नुपर्छ । यो तरल राजनीतिक अवस्थालाई निकास दिन अब दलहरूले ढिलाइ गर्नु हुन्न । कोभिड महामारीको व्यवस्थापनमा गैरजिम्मेवार, आन्तरिक राजनीतिको व्यवस्थापनमा अलोकतान्त्रिक र अल्पसङ्ख्यकको विषयमा विभेदकारी देखिएका ओलीलाई विस्थापन गर्दै अर्को उदार र लोकतान्त्रिक सरकार निर्माण गरेर कोभिड महामारी नियन्त्रणमा सबै दलको ध्यान केन्द्रित हुनु आवश्यक छ ।

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved