नाटकघर बनाउन हातेमालो आवश्यक ( सम्पादकीय )

  • जेठ २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरानमा बहुप्रतीक्षित नाटकघर निर्माण हुने लगभग पक्का भएको छ । धरान–८ को सभागृह परिसरमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त नाटकघर निर्माण प्रयासले मूर्त रूप लिन लागेको हो । त्यस स्थानमा नाटकघर निर्माणमा स्थानीयले विरोध जनाएको विषय प्रारम्भमा आएको थियो तर स्थानीयले नै गठन गरेको पहल समितिको आयोजनामा मङ्गलबार बसेको छलफलपछि स्थानीयको आवाजलाई बुभ्mन पहिले गल्ती गरिएको कुरा छर्लङ्ग भएको छ ।

भेलामा धरान उपमहानगरपालिकाका मेयर र उपमेयरका साथै स्थानीय बुद्धिजीवी, संस्कृतिकर्मी, युवा, ज्येष्ठ नागरिक, नाटकघर निर्माण उपभोक्ता समितिका सदस्यहरूलगायत उपस्थित थिए । त्यस भेलामा स्थानीय वडावासीले आप्mना सरोकार प्रष्टसँग राखे । त्यसबाट मात्र उनीहरू नाटकघरको विरोधी नभएको प्रष्ट भयो । उनीहरूले त नाटकघर निर्माणको सुनिश्चिततासँगै आप्mना केही न्यायोचित सरोकारहरू राख्न चाहेका रहेछन् ।


भेलामा मेयर र उपमेयरले धरानमा नाटकघरको आवश्यकता र महत्वबारे प्रष्ट पार्दै स्थानीयलाई तिनका सरोकारलाई पनि सम्बोधन गर्ने आश्वासन दिएपछि वडावासी लचिलो बनेका हुन् । वडावासीले नाटकघर निर्माण प्रारम्भ भएर बीचमै अलपत्र पर्दैन भन्ने प्रत्याभूति पनि खोजेका थिए । उनीहरूको भनाइ के थियो भने प्रारम्भ भएर बीचमै अलपत्र परेका अन्य केही योजना जस्तै यसको नियति हुने हो भने यस्तो योजना अघि नबढाउँदा नै उचित हुन्छ । वडावासीको यो आशयलाई सकारात्मक रूपमा लिइनुपर्छ । यसबाट स्थानीय वडावासी नाटकघरविरोधी नभएर यो योजना चाँडै सम्पन्न होस् भन्ने पक्षमा रहेको स्पष्ट भएको छ । भेलामा मेयर र उपमेयरले नाटकघरको निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी काम थाल्ने आश्वासन दिएपछि उनीहरू ढुक्क भएका हुन् ।

यसबाहेक स्थानीय युवाले खेलमैदानको प्रस्ताव पनि राखे । उनीहरूका माग पनि सम्बोधन हुने भएको छ । अब धरानमा नाटकघरको निर्माणले गति लिने निश्चित भएको छ । यसका लागि सुनसरी–१ का सङ्घीय सांसद् जयकुमार राई धन्यवादका पात्र भएका छन् । उनले नै आप्mनो निर्वाचन विकास क्षेत्र कोषबाट ४० लाख रुपैयाँ नाटकघर निर्माणका लागि छुट्याइदिएपछि यो प्रयास अघि बढेको हो । धरानका मेयर, उपमेयर र सिङ्गो उमनपा तथा यहाँका राजनीतिक दलहरूको प्रयास र मेहनत पनि प्रशंसनीय छ । सबैभन्दा ठूलो योगदान त स्थानीय वडावासीको छ । उनीहरूले सकारात्मक पहल नगरेका भए यसरी सहमतिको विन्दु खोज्न सहज हुने थिएन ।

अब धराने रङ्गमञ्चको सुन्दर र लोभलाग्दो अतीत पुनः ब्युँतिने आशा पलाएको छ । यो आशा र विश्वासलाई मर्न नदिन अब स्थानीय वडावासीका साथै धरानका राजनीतिक दल, बुद्धिजीवी, संस्कृतिकर्मी, रङ्गकर्मीलगायत सम्पूर्ण नागरिकहरूको सकारात्मक प्रयास र पहल हुनु आवश्यक छ । वास्तवमा यो नाटकघर मात्र होइन । यो त सिङ्गो ‘कला महल’ बन्ने भएको छ । यसमा प्रेक्षालयका साथै चित्रकला तथा मूर्तिकला प्रदर्शनी कक्ष र कार्यशाला कक्ष पनि रहने छ । कविता वाचन तथा साहित्यिक विमर्शका लागि पनि यो कला महल उपयुक्त हुनेछ । त्यसकारण यो भवन कलाकारहरूको साझा थलो बन्नेछ । धरानलाई सभ्य, समृद्ध र जीवन्त शहर बनाउन यो कला महलको निर्माणमा सबैको हातेमालो हुनु आवश्यक छ । यसतर्पm सबैको पहल हुनु अपेक्षित छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved