खेलकुद

    Showing 71-80 of 364 items.
  • धरान मेघा बास्केटवल टिम नकआउट चरणमा प्रवेश

    धरान/  नेपाल बास्केटवल संघको सहकार्यमा काठमांडौ ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले सहभागिता जनाएको छ । शनिबार देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेजले एक खेलमा जित र एक खेलमा पराजित भएर प्रतियोगिताको टप १४ मा पुग्दै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगिता उदघाटनको दिन शनिबार भएको खेलमा धरान मेघाले काठमांडौको ओमेगालाई १२–६ अंकको अन्तरले पराजित गरेको थियो । यसै गरि काठमांडौकै नामि संग ८–४ अंकले पराजित भए । धरान मेघा कलेज बास्केटवल टिमको प्रतिनिधित्व गर्द

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • 317 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः आश्विन ५, २०८०
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेघा रेवाहाङ बास्केटवलः प्रभात, डिपो, धरान उच्च र सियोन क्वाटर फाइनल प्रवेश

    धरान/  मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन । मंगलवार भएको खेलमा  प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपोस्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान उच्च विले विष्णु स्कुललाई ३१–२०, सियोन स्कुलले आर्दश म्यानेजमेन्ट स्कुल विर्तामोडलाई २७–१९ र धरान उच्च एले युएन नवदयलाई ५७–१९ अंकको अन्तरले पराजित गर्दै क्वाफाइनल प्रवेश गरेका हुन । आफ्नो टिमलाई जित दिलाउनका लागि पहिलो खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १५

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • 1,979 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा रेवाहाङ बास्केटवलमा धरान आर्दश, वाल संसार धनकुटा र होलिल्याण्ड विजयी

    धरान /मेघा हिमालयन कलेजको आयोजनामा दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिता सोमवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन । आर्दशले कामे्रेल स्कुललाई ३४–१९ अंकले पराजित गरेको हो । सोहि दिन भएको खेलमा बाल संसार सेकेन्डरि धनकुटाले युनाइटेड स्कुललाई ४९–६ र होलिल्याण्ड स्कुलले धरान मेघा वि टिमलाई ३७–१४ अंकले पराजित गरेको छ । उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कामे्रल स्कुलले ६–४, ५–४, ८–३ र १५–८ अंक जोडेका थिए । सोहि दिन भएको दोस्रो खेलमा वाल संसार धनकुटा र युनाइटेड गोर्खाले

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • 1,776 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेघा-रेवाहाङ स्मृति कप बास्केटबल प्रतियोगिताकाे तयारी पूरा

    धरान/ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिताका सबै खेल यही भदौ २५ देखि ३० गतेसम्म मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । आयोजक पक्षले धरान मेघा हिमालयन कलेजको सभाकक्षमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा धरान र यसवरपरका विद्यालयका १६ वटा टिम सहभागी हुने भएका छन् । कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताका विजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मे

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश हक्की संघको अध्यक्षमा जीवनराज तिम्सिना निर्वाचित

    विराटनगर/  मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले कोशी प्रदेशको पहिचानका रुपमा हक्की खेलको विकास र प्रवद्र्धनमा सबैको सहयोग लिएर काम गर्ने प्रतिबद्धता जनाए । सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित तिम्सिनाको कार्यसमितिको उपाध्यक्षमा पारस थापा र प्रवेश तावा लिम्बू चयन भएका छन् । सचिवमा प्रमिला {एरिका} ढकाल र कोषाध्यक्षमा प्रह्लाद थापा मगर चयन भएका छन् । सदस्यहरुमा विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारी चयन भएका छन् सल्लाहकारहरुमा नेपाल उद्योग वाणिज्य महासंघ {एफएन

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • 302 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो धरान मेगा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता भदौ २५ देखि

    विजयपुर / धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण यहि भदौ २५ गते बाट सुचारु हुने भएको छ । प्रतियोगितामा धरान र धरान बाहिरका १२ वटा विद्यालयका टिमले सहभागिता जनाउने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गरिरहेका विधार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । यु १८ भनिए पनि १९ वर्ष पुरा नभएका विधार्थीहरुले खेलमा सभागिता जनाउन पाउने छैन । सो प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउने छन । साथै कक्षा १० सम्मका खेलाडिहरुको हकमा भने १२ जनाको  टिमले नै सहभाग

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते

    विराटनगर / विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जिते छन् ।  विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए । ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भएकाख

    • प्रकाशित मितिः श्रावण २८, २०८०
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

    विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह

    • प्रकाशित मितिः श्रावण १४, २०८०
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको फाइनल खेलमा बराहा र सत्यनारायण मावि भिड्दै

    विराटनगर / दोस्रो संस्करणको एसईइ रनिङ शिल्ड फुटबल कप अन्तर विद्यालय स्तरीय प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो विराटनगर वडा नम्बर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा सुचारु भईरहेको छ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगको सत्यनारायण मावि विच प्रतिस्पर्धात्मक खेल हुद छ। बराहाले ४ र सत्यनारायण माविले समेत ४ वटा स्कुललाई पछि पादै उपाधिको फाईनल खेल्मा पुगेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलको यात्रा सुरक्षीत गरेको थियो। जितको लागि बराहाका रोहन राईले २ गोल र आयुश मगरले १ गोल गरे

    • प्रकाशित मितिः श्रावण १३, २०८०
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved