दोस्रो धरान मेगा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता भदौ २५ देखि

  • साउन ३२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण यहि भदौ २५ गते बाट सुचारु हुने भएको छ । प्रतियोगितामा धरान र धरान बाहिरका १२ वटा विद्यालयका टिमले सहभागिता जनाउने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गरिरहेका विधार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । यु १८ भनिए पनि १९ वर्ष पुरा नभएका विधार्थीहरुले खेलमा सभागिता जनाउन पाउने छैन । सो प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउने छन । साथै कक्षा १० सम्मका खेलाडिहरुको हकमा भने १२ जनाको  टिमले नै सहभागिता जनाउन पाउने छन ।

उक्त प्रतियोगिताको विजेताले नगद १० हजार, दोस्रो हुनेले नगद ५ हजार ५ सय र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरि मोस्ट भ्यालुएवल प्लेयरले नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

basket-ball-22222pp

प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसन हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् भने फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी पोइन्ट ल्याउने लाई पोइन्ट च्याम्पियन घोषित गरिने छ । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार,साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजनाका लागि धरान बास्केटवल संघ धरानको व्यावस्थापन संयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

धरानका उदयमान बास्केटबल खेलाडी रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको थियो। धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेका रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गत वर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरिएको थियो ।

अक्षयकोष दुई लाख रुपैयाँको अक्षयकोष रहेको धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले बताएका छन । पत्रकार समेलनमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदी, नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राइ, रेवाहाङका अभिभावक रेवतिरमन राई, आमा सुजता राई लगायतको उपस्तिथि रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved