महानगरले मुख्य राजमार्गमा निर्माण तथा ढुवानीका साधनलाई प्रवेश रोक गर्ने

  • साउन ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले बजारका मुख्य क्षेत्रभित्रका राजमार्गमा निर्माण तथा ढुवानीका साधनलाई प्रवेश रोक लगाउने भएको छ । साथै राजमार्ग बाहेकका सहायक तथा भित्री सडक खण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार महानगरको समन्वयमा सरोकारवालाहरु संग बसेको बैठकको छलफलबाट  सडकको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारीहरुलाई प्रवेश गर्न रोक लगाउने निर्णय गरिएको छ । सडकको क्षमताभन्दा बढी भार भएका मालबाहक सवारी प्रवेश गर्दा सडकहरु निर्माण भएको केहि समय नहुदै भत्किने समस्याहरु बढ्न थालेपछि महानगरले प्रवेशमा रोक लगाउने निर्णय वाध्य भएर गर्नु परेको मेयर नागेश कोईरालाले बताएका छन । 

मेयर कोइरालाको अध्यक्षता तथा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली वडा नम्बर  – ११ का अध्यक्ष तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ,वडा नम्बर – १ का अध्यक्ष काजीबहादुर बस्नेत, मिोरङका प्रमुख सुनिलकुमार श्रेष्ठ, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, महानगर प्रहरी प्रमुख राजन पौडेल, र योजना महाशाखा प्रमुख अर्जुन थापा, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ,ट्रक व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, ट्रिपर व्यवसायी संघ र सवारी व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैठकको छलफलबाट ट्रक, ट्रिपर मालबाहक ढुवानीका साधनलाई मुख्य राजमार्ग सहित सहायक राजमार्ग र भित्री सडकमा समेत लोड अनलोड गर्न नदिने अबदेखि ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङ स्थलमा मात्रै लोड अनलोड  गर्नुपर्ने मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्के सम्मका मालबाहक सवारी साधनलाई रात्रिकालीन समयमा मात्रै प्रवेश गर्न दिने निर्णय गरेको छ ।

जथाभावी लोड अनलोड गर्दा, ढुवानी तथा निर्माण सामग्री बोकेका सवारी प्रवेश गर्दा ट्राफिक व्यवस्थापन सँगै सडकको सुरक्षामा समेत समस्या देखा परेकाले प्रवेशमा रोक लगाउनु परेको मेयर कोइरालाको भनाइ छ । “विराटनगरलाई महानगर जस्तो बनाउन सबैको साथ र सहयोग आवश्यक छ,” उनले भने “सधैं गरिरहेको काममा रोक लगाउँदा केही समय असहज हुनसक्छ । तर यसलाई सबैले कार्यान्वयन गर्नु जरुरी रहेको बताए ।

विराटनगर महानगरपालिका मात्रै नभएर प्रदेशको राजधानी समेत भएकाले यसलाई व्यवस्थित बनाउने दायित्वमा सबैको उतिकै महत्वपुर्ण रहेकाले ।” यो निर्णयले सडक सुरक्षासँगै ट्राफिकलाई समेत सहयोग पुग्ने मेयर कोइरालाले बताए ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved