अलैचीको मूल्य बढे पनि उत्पादनमा भने गिरावट

  • साउन २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ अलैची खेतिबाट आत्मनिर्भरबन्दै गएका धनकुटाका कृषकहरु इस बर्ष भने अलैचीको भाउ बृद्धि हुदासमेत कृषक हर्षित छैनन् ।

मूल्य बृद्धि भएपनि उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ ।

यस बर्ष अलैचीको भाउ प्रतिमन ६० देखि ७० हजारसम्म पुगेको छ ।

विगतका बर्षहरुमा प्रतिमन १० हजारले पनि विक्री हुन मुस्किल अलैचीले यस पटक भाउ पाए पनि लामो समय परेको खडेरीका कारण उत्पादन घटेको कृषकहरु बताउँछन् ।

महालक्ष्मी नगरपालिका चानुवाका कृषक महेन्द्र पौडेलका अनुसार यस बर्ष अलैचीले मेहनत गरे अनुसारको मूल्य पाएको बताए ।

करिब २ विगाह क्षेत्रमा अलैची लगाएका उनले उत्पादनमा भने ह्रास आएको बताए ।

उनले भने–‘अलैची धेरै फलेको बर्ष अलैचीले मूल्य पाउदैन, जुन बेला मूल्य उच्च हुन्छ उत्पादन कम हुन्छ, जसो गरे पनि कृषकलाई मार पर्ने गरेको छ ।’

यस्तै भनाई सोही ठाउँका कृषक राम चापागाईको रहेको छ ।

विगतको बर्षहरुमा अलैचीको मूल्य न्यून भएको र विक्री पनि नभएपछि थोरैमात्र अलैची लगाएका थिए ।

करिब १ विगाहा जमिनका लगाइएको अलैचीले उत्पादन धेरै नदिएको उनको भनाई छ ।

लामो समयसम्म परेको खडेरीका कारण पनि उत्पादन कम भएको उनी बताउँछन् ।

उनले भने–‘अलैचीले मूल्य राम्रो पाएको छ, तर उत्पादन भने कम छ, सोचेजस्तो आम्दानी भने गर्न सकिएन ।’

धनकुटाका ग्रामीण क्षेत्रका अधिकांश कृषकहरुले बर्षौदेखि अलैची खेति गर्दै आइरहेका छन् ।

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved