मेघाद्वारा बार टेन्डिङसम्बन्धी कार्यशाला सम्पन्न

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानस्थित मेघा हिमालयन कलेजले बार टेन्डिङ (मिक्सोलोजी एन्ड फलेयरिङ) सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न गरेको छ । IMG_20230813_182054

गत बिहीबार र शुक्रबार सञ्चालित कार्यशालामा मेघा कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत् २७० भन्दा बढी विद्यार्थी सहभागी भएको कलेजले जनाएको छ ।received_108524689010657

 त्यस क्रममा विद्यार्थीहरूलाई अल्कोहोलिक र नन्अल्कोहोलिक पेय पदार्थका साथै बार टेन्डिङको विषयमा पनि जानकारी प्रदान गरिएको कलेजको होटल म्यानेजमेन्ट विभागका विभागीय प्रमुख पोषण श्रेष्ठले बताए । 

इन्टरनेसनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहाल कार्यशालामा विशेष प्रशिक्षकका रूपमा आएका थिए । received_812446523747238

काठमाडौँको ककटेल एन्ड फलेयर एकेडेमीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) दाहालले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा भाग लिएका छन् ।IMG_20230813_181915

 काठमाडौँका प्रसिद्ध तारे होटल, लाउन्ज एन्ड बारका साथै बीएच्एम् पढाइ हुने विभिन्न कलेजहरूमा उनले आफ्ना कला प्रदर्शन गर्नुका साथै प्रशिक्षणसमेत प्रदान गरिसकेका छन् । 

आफ्ना विद्यार्थीहरूलाई विशेष दक्षता प्रदान गर्न मेघाले धरानमा यस्तो कार्यशाला तीन वर्षअघि सुरु गरेको विभागीय प्रमुख श्रेष्ठको भनाइ छ ।IMG_20230813_181858

 उनका अनुसार मेघाले सुरु गरेपछि अहिले धरानका अन्य विद्यालयहरूले पनि आफ्ना विद्यार्थीलाई यस्तो प्रशिक्षण दिन थालेका छन् ।

बार टेन्डिङसम्बन्धी कार्यक्रमलाई मेघाले आफ्नो ‘सिग्नेचर प्रोग्राम’ को रूपमा अघि बढाएको श्रेष्ठले जनाए ।

यस्ता कार्यक्रमहरूमा मेघाले स्थानीय बार टेन्डरहरूलाई पनि स्थान दिने गरेको छ । IMG_20230813_181843

यसपटक धरानकै बगरकोटस्थित एम्एच् लाउन्ज एन्ड बारका मुख्य बार टेन्डर सुदीप राई र इटहरीको सोल्टी वेस्टर्न पाँचतारे होटलकी बार टेन्डर कञ्चन सुवेदीले पनि कार्यशालामा कला प्रदर्शन गरेका थिए ।IMG_20230813_182111

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved