अबिरल बर्षाका कारण प्रदेशका केहि क्षेत्रमा बाटो अवरोध

  • साउन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेशका बिभिन्न स्थानहरुमा आएको अबिरल बर्षा हुदा बाढी पहिरोको कारण बिभिन्न क्षेत्रहरुमा सडक अबरोध भएको छ। ताप्लेजुङको मैवाखोलामा बाढी आउदा मेरिङदिन गाउँपालिका वडाम नम्बर – ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका वडा नम्बर – ५ जोड्ने मोटरेबल पुल सम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ ।

त्यसैगी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१ गुप्त बराह भित्री सडक खण्डमा पहिरो झरेर बाटो अबरोध भएको छ । भने ईलाम नगरपालिका वडा नम्बर –४ स्थित अधिकारी चोकको सडकमा पहिरो झरेर बाटो बन्ध भएको छ ।

यसैगरी तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर – ८ खोक्से खोला नाजिकै राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरुमा प्रहरी टोली खटिएर स्थानीय निकायहरु संग सहकार्य गरी बाटो खुलाउने पहल भईरहेको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर – ७ खुदुवावारीको शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको क्षेत्रमा बाढीले क्षति पुर्‍याउदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली पुगि स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भईरहेको छ ।

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved