बीपी प्रतिष्ठानमा पिआरपी रगतको अभाव

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /रगत अभावका कारण धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु उपचारमा कठिनाई हुँदै आएको छ । प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवामा समेत रगतको अभाव चुलिएको छ । रगत अभावकै कारण अहिले रक्त सञ्चार सेवाले विभिन्न संघ संस्था सँग सहकार्य गरेर रक्तदान कार्यक्रलाई तिब्रता दिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमणका कारण प्लेटलेस भएका विरामी धेरै आउने गरेका छन् । चिकित्सकले डेंगुको संक्रमण आउने वित्तिकै सिविसी चेक गराउने गर्छ । सिविसी चेकबाट विरामीको टोटल प्लेटलेट काउन्ट थाहा हुन्छ । एउटा स्वस्थ मानिसमा प्लेटलेट काउन्ट १ लाख ५० हजारदेखि माथि र ४ लाख सम्म हुने गरेको छ । तर अहिले प्रतिष्ठानमा आएका विरामीहरुमा १० हजार भन्दा कम भएको पनि पाइएको छ । यो अत्यन्तै खतरनाक अवस्था घोषणा गरिन्छ । यसलाई ताजा रगत चाहिन्छ ।

विरामीको ब्लड ग्रुप अनुसार ताजा रगत पाउनै कठिन हुन थालेको छ । यसैलाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गतको रक्त सञ्चार सेवाले सबै संघ संस्था सँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको हो ।

प्लेटलेट कम भएको विरामीलाई फ्रेस होल्ड ब्लडको आवश्यकता पर्छ । अर्थात पिआरपी रगतको आवश्यकता पर्छ । यो रगत रक्तदातबाट लिएको ७२ घण्टा सम्म प्रयोग गरिसक्नु पर्छ । तर अहिले प्रतिष्ठानमा यो रगतको अत्यन्तै अभाव भएको छ । यसका लागि भएपनि रक्तदानलाइ तिब्रता दिइएको हो । प्लेटलेट कम भएका एक जना विरामीलाई ४ देखि ५ पोकासम्म रगत आवश्यक पर्छ ।

पिआरपी रगत अहिले पर्याप्त नहुदा विरामीलाई समस्या भएको रक्त सञ्चार सेवाका प्राविधिक सुरेन्द्र साह बताउँछन । पिआरपी रगतको अभाग भएपछि पछिल्लो पटक धरान उपमहानगरपालिका ३ नं. वडा समितिलाई अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको प्राविधिक साहले जानकारी दिए ।
बीपीमा ताजा रगतको अत्यन्तै आवश्यक भएपछि धरान ३ मा रहेका आठवटा टोल विकास समिति, राजनीतिक दल तथा स्थानीयहरुलाई आग्रह गरेर वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष विद्या शाक्यले बताए ।

डेंगु नियन्त्रणका प्रयासहरु भइरहेका छन् तर पनि धरानमा डेंगु संक्रमण दिनप्रतिदिन बढिरहेका छन् । धरानमा स्थानीय तहहरुले फगिङ गर्ने, लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्दे आएका छन् । आइतबार पनि धरान उपमहानगरपालिकाले २० वटा वडा कार्याललाई विहान ७ बजेदेखि डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्न अभियान चलाउन सर्कुलर नै जारी गरेको छ ।

डेंगु लागेर उपचार गराउनु भन्दा डेंंगु लाग्न नदिनु नै राम्रो उपाय भएको उपमहानगरपालिकाले यो अभियानलाई तिब्रता दिएको हो । डेंंगु संक्रमण भएकाहरलार्ई रगतको अभाव हुन नदिन रक्तदानक कार्यक्रम र नियन्त्रणका लागि सच एण्ड डिस्ट्रोय अभियानलाई तिब्रता दिइएको वडा सदस्य मनिष खड्गीले बताए ।

जरा केन्द्रीत अभियान ...

विराटनगर/ टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिच ...

वराहक्षेत्रमा महिलाह ...

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ् ...

नेवाः देय दवू सुनसरी ...

धरान/  नेवाः देय दवू सुनसरीको अधिवेशनले केदार ...

स्तन क्यान्सरमा चेकज ...

धरान/ अज्ञानताकै कारण स्तन समय समयमा चेकजाच गर्नुप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved