धरान वडा नम्बर ९ बालमैत्री वडा घोषणा

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये वडा नं. ९ लाई बालमैत्री वडा का रूपमा घोषणा गरेको छ ।
शनिबार औपचारिक कार्यक्रम गरि वडालाई बालमैत्री वडाको भनेर घोषणा गरेको हो ।

ward  1

 

धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ९ नम्बरका वडाध्यक्ष रुपेश आचार्यका अनुसार ाबालबालिकाको अधिकार, सुरक्षा र सहभागितामा केन्द्रित नीति तय गरि धरान उपमहानगरपालिकाले आफ्नो दीर्घकालीन योजना अनुसार सबै वडामा बालहितमा नीति–कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए अनुरुप बाल मैत्रीको सम्पुर्ण सुचकहरु पुरा गरेर वडालाई बालमैत्री वडा घोषणा गरेको बताए ।
बालश्रममुक्त, खुल्ला दिसामुक्त र प्लास्टिक निषेध क्षेत्र यी अभियानलाई वडास्तरीय तहसम्म संस्थागत गर्ने क्रममा वडा नं. ९ लाई पनि लागू गराउनु महत्त्वपूर्ण पहल हो,कार्यक्रममा वडाध्यक्ष आचार्यले बताए ।
कार्यक्रमका प्रमुख अतिथी उप मेयर वेघाले उपमहानगरपालिकाले “शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय शहर” अन्तर्गत वडास्तरमै योजनाबद्ध विकास गरिरहेको बताए ।
यो घोषणा धरान उपमहानगरपालिकाको दिगो विकास र बालहितमा जोड दिएको नीतिगत पहलको अभिव्यक्ति हो। वडा नं. ९ ले अब बालबालिकाको भलाइ र सक्रिय सहभागीता अग्रेषित गर्ने थलोको रूपमा विकासको बाटो उन्मुख गरेको प्रमुख अतिथी वेघाले वडालाई वधाई तथा शुभकामना दिए । कार्यक्रममा पुर्व मेयर तिलक राई , उप मेयर मन्जु भण्डारी ,वडाध्यक्षहरु , विभिन्न पार्टीका नेता लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
फोटो छ

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved