डेंगु संक्रमण भयावह: एउटै वेडमा दुई जना विरामी

  • श्रावण २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा डेंगु संक्रमण रोगी दिनप्रदिन बढ्दै गएका छन् ।

कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु संक्रमण धरानमै रहेका छन् ।

धरानमा डेंगु संक्रमण अत्याधिक बढेकै कारण जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णयले धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नेे तयारी गरेको छ ।

धरानमा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर राखिएका छन् तर ती सबै ठाउँमा बेड अभाव छ, एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

धरानमा डेंगु संक्रमण बढेकै कारण स्थानीय सरकार तथा विभिन्न सामाजिक संघ संस्थाले स्वास्थ्य संस्थासँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

धरान उपमहानगरपालिकाले धरान ८ सभागृह र धरान १ पुरानो अस्पतालमा वेडसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने धरान १३, १४ लगायतका वडाहरुले आफै आधारभूत स्वास्थ्य केन्द्रमार्फत शिविर सञ्चालन गरेका छन् ।

यसैगरी सुनसरी उद्योग वाणिज्य संघले समेत निःशुल्क स्वाथ्य शिवर सञ्चालन गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पताललाई डेंगु उपचार केन्द्र बनाएर उपचार सेवा प्रदान गरे पनि त्यहाँ समेत चाप थामिनसक्नु रहेको छ । एउटा वेडमा दुई जनासम्म राखेर उपचार गराउन बाध्य रहेका छन् ।

अहिले प्रत्येक ठाउँमा सञ्चालन भएका डेंगु उपचार शिविरमा राखिएका वेडहरु खाली छैनन् ।

एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नु परेको छ ।

धरान उपमहानगरपालिका वडा नं. १४ ले समेत आधारभूत स्वास्थ्य केन्द्रमा वेडसहितको उपचार केन्द्र सञ्चालनमा राखेको छ ।

तर यहाँ समेत विरामीको चाप अत्याधित्क भएकोले एउटा बेडमा दुई जना डेंगुका विरामी राखेर उपचार गराउन बाध्यता रहेको वडा सदस्य झरना मुखिया पौडेलले बताइन् ।

यो क्रम बढ्दो छ । चिकित्सक तथा स्वास्थ्य परिचालकको संख्यामा जनशक्तिको समेत कमी छ । डेंगुका सामान्य विरामीदेखि सिकिस्त विरामीहरु उपचारमा आउने गरेको आधारभूत स्वास्थ्य केन्द्र धरान १४ की प्रमुख युनिसा खत्रीले बताइन ।

उहाँले चेकजाँचपछि डेंगु संक्रमण भेटिएमा निःशुल्क उपचार गरिदिने बताइन् ।

वडा समितिको आधारभूत स्वास्थ्य केन्द्रमा चार वटा वेड राखिएका छन् ।

दिनमा २० जना भन्दा बढी डेंगु संक्रमणका विरामीहरु आउने गरेको वडा समितिले जनाएको छ । उपचारमा आएका विरामीलाई उपचार गर्न कठिनाई भएपनि जसोतसो व्यवस्थापन गरेर उपचार गरिरहेको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

विषम परिस्थितिमा बजेट अभावकै कारण सञ्चालन गर्न कठिनाइ भएको उनको भनाई छ ।

तर नेपाल बाहिर रहेका धरानबासी तथा स्थानीयहरुले साथ सहयोग गरेकै कारण सञ्चालन गर्न केही सहज भएको उहाको भनाइृ छ । अहिले पनि सहयोगी दाताहरुले निरन्तर सहयोग पुर्‍याइरहेका छन् ।

पछिल्लो समय धरान –१४ स्थित आइडल इंग्लिस बोर्डिङ स्कुलका शिक्षक, कर्मचारी, विद्यार्थीहरुले खाजा खर्च बापतको रकम कटौती गरेर डेंगु संक्रमितको उपचारकालागि वडा समितिलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

मानवीय सेवाको लागि ४० हजार बराबरको स्वास्थ्य सामाग्री वडालाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।

धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार विहीबारसम्म धरानमा सञ्चालित विभिन्न शिविरबाट १३ हजार ४ सय १४ जनाको डेंगु टेष्ट गरिसकिएको छ ।

यसमध्ये ९ हजार ४ सय ४१ जनामा डेंगु सक्रण भएको पाइएको छ । यो सम्पूर्ण टेष्टको ७० प्रतिशत हुन आउँछ । धरानमा हालसम्म ९ जनाको डेंगुकै कारण मृत्यु भइसकेको छ ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved