महिला उद्यमीका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अन्तरक्रिया कार्यक्रम

  • श्रावण २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध हुने अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिका सभापति सरु केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश भरिका पाँच वटा स्थानीय तह विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका बाट करिब २५ महिला उद्यमीहरुले उपस्थीति जनाएका थिए । भने अन्य गरि जम्मा ३५ महिलाहरुले सभागिता जनाएका थिए ।

सो कार्यक्रममा उपस्थीत भएका महिला उद्यमीहरुले उद्यमशीलताको लागि सुचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरु पहँच आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको गुनासो गरेका छन । बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा उपयुक्त र न्यायोचित नहुदा सबै ठुला – साना सबै उद्योग प्रतिष्ठानलाई एउटै नियम लागु भएकाले लघु तथा घरेलु उद्यमीहरुले निकै सास्ती र मर्कामा भोग्नु परेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरुले व्यवसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघ संस्थाहरुमा वास्तविक महिला उद्यमीहरूको प्रतिनिधित्व नभएको कारण महिला उद्यमीहरूको समस्या र गुनासोको आवाज अहिले सम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए । कार्यक्रममा कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रा.लि.का डेप्यूटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुती दिएका थिए ।

कार्यक्रमकी सभाध्यक्ष सरु केसीले सोच, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने कुरा बताउदैं महिला उद्यमीहरुलाई व्यवसाय प्रबद्र्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताईन । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकास सम्बन्धी कार्यक्रम र सेवा प्रभाव सम्बन्धि जानकारी गराएका थिए ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved