महानगरद्वारा सफाई शाखाका कर्मचारीलाई धार्मिक यात्रा

  • साउन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले सरसफाई शाखाका कर्मचारीहरु (सडक सफाई गर्ने कर्मचारीहरु)लाई धार्मिक यात्रा गराएको छ । महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार बिहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गर्नुभयो । मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुग्नुभएको थियो । कर्मचारीहरुले जतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । झरी–बादल नभई महानगरको सरसफाईमा अहोरात्र खट्ने कर्मचारीलाई हौसला प्रदान गर्न धार्मिक यात्रामा लगेको मेयर कोइरालाले बताउनुभयो ।

महानगरले धार्मिक यात्रा गराएकोमा कर्मचारीहरु खुसी देखिन्थे । महानगरको ३५ वर्षे जागिरे यात्रामा यस्तो अवसर कहिल्यै नपाएको केसलियादेवी डोमले प्रतिक्रिया दिनुभयो । डोमले सोमबार पिण्डेश्वर मन्दिरमा दर्शन गर्ने र जल चढाउने अवसर महानगरले प्रदान गरेकोमा मेयर र उपमेयरसहित सबै जनप्रतिनिधिलाई धन्यवादसमेत दिनुभयो । धार्मिक यात्रामा ४० जनाभन्दा बढी सफाई कर्मचारी सहभागी भएका थिए ।

धार्मिक यात्रामा जाने सफाई कर्मचारीका लागि वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, किरण न्यौपानेले सहजीकरण गर्नुभएको थियो । यसअघि महानगरले सरसफाई शाखाका कर्मचारीलाई विराट गोल्डकपसमेत हेराएको थियो । त्यतिबेला मेयर कोइराला र उपमेयर कार्की सफाई कर्मचारीहरुसँगै प्याराफिटमा बसेर फुटबल हेर्नुभएको थियो ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved