सादा जिवनका उदाहरणीय ब्यक्तित्व: दलु सर

  • साउन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान नगर इन्चार्ज जगदिस कुसियैतले दलबहादुर छायाँ (भुजेल) सादा जिवनका उदाहरणीय ब्यक्तित्व भएको बताएका छन् । सादा जीवन र उच्च विचारका नमुनाका रुपमा दलबहादुर छायाँलाई लिन सकिने उनले बताए । शनिबार नेकपा एमाले धरानले दल बहादुर छायाको स्मृतीमा आयोजना गरेको स्मृतीसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

yamale--ppp-55
दलबहादुर छाँया नेकपा  एमाले धरानका संस्थाप नेतापनि हुन् । उनलाई धरानको बामपन्थी आन्दोलनका अगुको रुपमा समेत सम्मान गरिदै आएको छ ।
कुसियैतले छायाँका विषयमा थप प्रष्ट पार्दै भने मिजासिला कुशल, निस्वार्थ भाव, साधारण जिवन शैलि, उच्च विचारका एक होनहार व्यक्ती गुमाउदा आफुहरु दुखि भएको र वँहाले चालेका कदमलाई पच्छ्याउन सके उहाँ प्रति वास्तविक सम्मान हुने बताए ।
सभाका बोल्दै विशेष अथिती तथा प्रदेशसभा सदस्य रमेश बस्नेतले धरानमा  पार्टिको स्थापना गर्ने कुशल चरित्रका उदारणीय व्यक्ती कसैलाई पनि मन नदुखाउने आफ्नो भन्दा बढी अरुको विचार धारणलाई मान्ने लामो समय  एमाले पार्टिमा लागेर काम गरे पनि कहिले पनि कुनै पदको लागि आशा नगर्ने उहाँको जिवनीबाट धेरै कुरा सिक्न सकिने बताए ।

yamale-44pppp

दल बहादुर छाँया एक कुशल शिक्षक पनि हुन । उनले शिक्षकको लागि बिभिन्न आन्दोलन गरेर शिक्षक संगठनको स्थापना समेत गरेका थिए । सुनसरी शिक्षक संगठनका पहिलो अध्यक्ष भएर समेत शिक्षा क्षेत्रमा ठुलो योगदान गर्ने कुशल शिक्षक,असल विचारका नेता समेत रहेको सभामा चर्चा भयो ।
उक्त श्रद्धाञ्जली सभामा कार्यक्रमा विशेष अतिथी तथा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतले बोलेका थिए । नेकपा एमाले धरानले छायाको स्मृती ग्रन्थपनि प्रकाशन गर्ने भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved