ब्राउन सुगर सहित २ पक्राउ

  • साउन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । शनिबार साँझ ७ : ३० बजे झापा गाउँपालिका वडा नम्बर ४ बाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएका प्रहरी टोलीले भारत देखि नेपाल तर्फ आउदै गरेका साईकलयात्री चेकजाँच गर्दा प्रकाउ परेका हुन ।

पक्राउ पर्नेमा इलाम मङसेबुङ गाउँपालिका वडा नम्बर ९ का ३० बर्षीय युवराज लिम्बु रहेका छन । लिम्बुले साईकलको ह्यन्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

त्यस्तै गरी बिराटनगर महानरपालिका वडा नम्बर १६ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएका प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १– ०२–०५२ प ७५९६ नम्बरको मोटरसाईकल चालक बेलबारी वडा नम्बर ४ का ३३ बर्षीय सनम गुरुङले लुकाएर ल्याउदै गरेको ९ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवैलाई सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved