काँग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान जारी

  • साउन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् ।

नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् ।

नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् ।

त्यसैगरी ईनरुवानगर प्रमुख समेत रहेका नेपालीकांग्रेसकाजिल्ला सभापति केदार भण्डारीले धरान डेङ्गुले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रय अभियान समेत सञ्चालनगर्न र धरानलाई सुन्दर,

सफा र हरियालीबनाउन १ नं. क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरानअभियानमा पार्टीका सबै तह र तप्काका साथीहरु लाग्नुपर्नेबताउंदै अभियानलाई सफलबनाउनआग्रह गरेका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीकामाथिल्लो तहका नेताहरु समेत सहभागीभईदिंदाहौसला र उत्साहथपिएको बताउंदै धरानले झेलिरहेको डेङ्गु महामारीलाई उन्मूलनगर्न राज्यको प्रयास पर्याप्तहुननसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

नेपालीकांग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियानभदौ १० गतेसम्म सञ्चालनहुने सभापतितामाङले जानकारी दिएका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved