सुकुम्बासी समस्या समाधानमा १६ नं. वडा समिति

  • साउन २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानगरपालिकाभित्र रहेको सुकुम्बासी समस्या नौलो होइन । बर्षौदेखिको हो । सुकुम्बासी समस्या समाधान गर्ने एजेन्डा बोकेर राजनीतिक दलका नेताहरु पटक पटक जनप्रतिनिधि भए तर समाधान कहिल्यै भएन । यसलाई राजनीतिको सिढीको रुपमा प्रयोग गरिरहे । तर धरान उपमहानगरपालिका वडा नं. १६ ले भने वास्तविक सुकुम्बासीको पहिचान गर्ने कामलाई तिब्रता दिएको छ ।

धरान उपमहानगरपालिकाको जटिल समस्याको रुपमा सुकुम्बासी समस्यालाई लिने गरिएको छ । हरेक चुनावमा यो समस्या सबै राजनीतिक दलको मुख्य एजेन्डामा पर्छ । तर चुनाव जितिसकेपछि यो एजेन्डा ओझेलमा पर्छ, सुकुम्बासीको समस्या ज्युका त्यू रहन्छ । तर अब यसलाई राजनीतिक एजेन्डाभित्रमात्र नभई समाधान नै गर्नुपर्छ भनेर धरान उपमहानगरपालिका १६ नं. वडा समिति लागिपरहेको छ ।

धरान १६ मा अधिकांश सुकुम्बासी बस्ती रहेका छन् । यो समस्या विकराल समस्या भएकोले यसलाई राजनीति गर्ने सिढीको रुपमा नलिई समाधान गर्ने उद्देश्यले काम शुरु गरिएको वडाध्यक्ष मुरारीप्रसाद भट्टराई बताउँछन् । अहिले सुकुम्बासी एरियामा राष्ट्रिय भूमि आयोजकले १६ नं. वडा समितिसँग सहकार्य गरेर जमिनको प्रकृतिको पहिचान गर्ने कामलाई अगाडि बढाएको छ ।

मालपोतबाट नक्सा निकालेर वडा नं. १६ को कुन कुन स्थानमा सुकुम्बासी बस्ती छ, ऐलानी हो कि पर्ति जग्गा हो भन्ने कुराको पहिचान गरेर यसको आधारमा मालपोत र नापीबाट श्रेस्ता निकाल्ने र प्रतिवेदन निकालेर जिल्ला नापी कार्यालयमा पठाउने र जिल्ला नापी कार्यालयमा रहेका सदस्य सचिवले फिल्डमै आएर हेरेरमात्र काम शुरु गर्नको लागि तयारी थालिएको राष्ट्रिय भूमि आयोजनाका प्राविधिक अमिन दिलिप हतोले बताए ।

तर सुकुम्बासीका स्थानीयहरुले सम्बन्धित निकायबाट आउने र सर्वे गर्ने काम बारम्बार भइरहने तर समस्या समाधान नहुने भएकोले पनि समाधान हुनेमा अझै विश्वास गर्न सकेका छैनन् । समस्या समाधानमा लागि धेरै आयोग बनिसकेपनि आयोगले समस्या समाधान गर्ने गरी काम गर्ने भन्दा बजेट पचाउने काम मात्र अहिलेसम्म गदै आएको नेपाल महिला एकता समाजकी प्रतिनिधि मैया श्रेष्ठ बताउँछिन् ।

सुकुम्बासी समस्या समाधानका लागि काम स्थानीय सरकारले समेत गम्भीरतापूर्वक काम नगरेको आरोप लगाएका छन् । धरान १६ को विभिन्न स्थानमा हजारौ सुकुम्बासी बस्ती छ, बारम्बार प्रक्रियागत काम अगाडि बढेको भनिए पनि दीर्घकालीन समस्या समाधान भएर लालपूर्जा प्राप्त गर्ने काम भने अहिलेसम्म हुन सकेको छैन ।

यो पनि

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved