धरान १५ वडाको वार्षिक समिक्षा सम्पन्न

  • श्रावण २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान वडा नम्बर १५ ले गत आर्थिक बर्ष २०७९/०८० गरेको बार्षिक कार्य सम्पादन समिक्षा प्रगति विवरण तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।

धरान वडा नम्बर १५ ले गत सालको आर्थिक विवरण बाट गरेको काम साथै यस बर्ष धरान १५ ले प्राप्त गरेको बजेट सार्वजनिक गरेको छ । सो कार्यक्रम धरान १५ स्थित शिक्षा सदन माविको सभाहलमा भएको थियो ।

उक्त बार्षिक आर्थिक कार्य सम्पादन समिक्षा प्रगति विवरण सार्वजनिक कार्यक्रम बोल्दै वडा अध्यक्ष नरेश कुमार इवारमले गत वर्ष गरिएको खर्च तथा प्रगती विवरण र यस चालु बर्षको आर्थिक बजेट समेत सार्वजनिक गरेका हुन ।

गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको कुल बजेट १ अर्ब ७० करोड रहदा वडा नम्बर १५ ले २ करोड ९२ लाख प्राप्त गरेको अध्यक्ष ईवारमले बताएका छन । त्यस बजेट बाट गत सालको चालु खर्च दायित्व तर्फ ३८ खर्च भएको बताए ।

धरान १५ ले प्राप्त गरेको बजेट मध्ये ०७८/०७९ सालको पनि दायित्व ३८ लाख रहेको हुदा उक्त दायित्व कटाएर जम्मा २ करोड ५४ लाख मात्रै रकम वडाले प्राप्त गरेको इवारमले बताएका छन । पूर्वाधार निमार्णमा तर्फ १ करोड ५२ लाख खर्च गरिएको र लक्षित वर्गका लागि १ करोड २ लाख खर्च भएको जानकारी गराएका छन ।

वडाअध्यक्ष इवारमका अनुसार गत बर्षको पुर्वाधार बजेटबाट ठुलो र सानो गरि ४८ वटा बाटो निर्माण गरिएको त्यस मध्ये मापदण्ड पुरा नभएका फुलवारी मार्ग र मेन्याङ्वो मार्ग गरि २ वटा बाटोको निर्माण कार्य पुरा हुन बाँकि रहेको छ भने, १० वटा सडक कालोपत्रे निमार्ण कार्य सम्पन्न भएको छ । लक्षित वर्गको लागि छुटाएको २ लाख ५० हजार बजेटमा यो बर्ष दायित्व बाँकी रहेको समेत उनले बताए ।

चालु आर्थिक वर्ष ०८०/८१ मा धरान उप माहानगरपालिकाको कुल बजेट १ अरब ७१ करोड हुँदा वडा नम्बर १५ ले २ करोड ९२ लाख पाउनुपर्ने माग गरेपनि धरान नगरका विभिन्न पुर्वाधारमा विकासका लागि ३३ करोड र बहु बर्ष योजनाको काम गर्न छुटाएको हुदाँ यो बर्ष वडाहरुको बजेट घटेर आएको बताउदै धरान वडा नम्बर १५ ले यस आर्थिक बर्षको लागि १ करोड ९० लाख मात्रै प्राप्त गरेको अध्यक्ष इवारमले बताएका छन ।

बजेट बनाउने क्रममा कार्यपालिका बैठकमा धेरै नै समस्या भएको भन्दै उनले पहिलाको जस्तो हरेक टिएलओ सँग योजना माग गर्न समेत नसकिएको पनि खुलाए । त्यसकारण वडाका राजनीतिक दलका प्रतिनिधि र वडाका जनप्रतिनिधीहरुबीच बजेटको विषयमा छलफल गरेको त्यसपछि टिएलओका अध्यक्षहरु सँग समेत बसेर छलफल गरेको उनले बताए ।

चालु आर्थिक वर्षका लागि वडा नम्बर १५ ले पाएको बजेट १ करोड ९० लाख मध्ये लक्षित र पूर्वधार निर्माण तर्फको ४१ लाख ५० हजार दायित्व रहेको समेत इवारमले बताए । सो दायित्व कटाएर ७५ लाख रुपैया मात्रै पूर्वधार विकासमा रहेको यसैगरि, लक्षित कार्यक्रम अन्र्तगत महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ, दलित, सामाजिक भवन, विपत्तलगायत क्षेत्रका लागि ४४ लाख बजेट छुट्याइएको खुलासा गरेका छन । साथै चालु खर्च तर्फ ३६ लाखको बजेट विनियोजन गरिएको बताएका छन ।

कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिकी संयोजक तथा वडा नम्बर १५ की सदस्य सृजना नेपालले लक्षित कार्यक्रमतर्फ गरेको कामहरुको उपलब्धीबारे जानकारी गराएकी छन । जेष्ठ नागरिकलाई सम्मान र सामग्री वितरण, २२ वटा महिला समुहको क्षमता विकासका लागि ४ दिने तालिम दिएको, धरानमा महिलाका लागि पञ्चेबाजा बजाउने तालिम दिएर समुह स्थापना गरिएको, ब्युटिसियन आधारभुत तामिम, ढाकाको झोला बनाउने तालिम, बाल सञ्जाललाई विभिन्न तालिमहरु लगायतका काम सम्पन्न गरेको बताएकी छन ।

कार्यक्रम उपस्थिति भएका वडाबासी नागरिक, टिओलका सदस्यहरुले धरानमा अध्याधिक रुपले दिन दिनै बढदै गएको डेङ्गुको प्रकोपलाई रोक्न वडाका जनप्रतिनिधिलाई प्रश्न समेत गरेका थिए । प्रत्येक टोलमा कम्तिमा हप्तामा दुई पल्ट सम्म फगिङ गर्ने, हस्पिटल सम्म जान नसकेका विमारीहरुलाई टोलविकास संस्थाका प्रतिनिधिहरुले त्यस्ता विमारीलाई घरमा पुगेर आवश्यक ओैषधीहरु वितरण गर्ने र वडाले फगिङको धुवा एक छिनमा नै उढेर जाने भएकाले त्यो भन्दा उपयुक्त , वडाले टिओलाई मट्टीतेल वितरण गरे हरेक टोलमा डेङगु नियन्त्रण गर्ने प्रत्येक दिन मट्टीतेल छरेर समेत नियन्त्रण गर्ने सकिने बताए ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved