संक्रमणको फाइदा उठाउँदै मेडिकल हलले गरे ब्रम्हलुट वडा कार्यालयहरुले गरे अनुगमन

  • श्रावण १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानमा डेंगु संक्रमणकाे अवस्था भयावह हुदा उपचारको नाममा मेडिकलहरुले ब्रम्हलुट गर्न थालेपछि वडाहरुले धमाधम मेडिकल हलको अनुगमन थालेका छन् ।

दुई दिन अगाडि धरान १६ ले अनुगमन शुरु गरेको थियो भने व्यापक जनगुनासो आएपछि ३ नं. वडा समिति धरानले समेत अनुगमन थालेको छ ।

 अनुगमनका क्रममा बढी मूल्य भएको पाइएपछि मेडिकलहरुलाई चेतावनी समेत दिइएको छ ।

धरानमा दिनप्रतिदिन डेंगुका विरामी बढेका छन् । 

संक्रमण भएको आशंका लागेपछि सर्वसाधारण नजिकैको औषधि पसलमा जान्छन् । 

 धरान उपमहानगरपालिकाले डेंगु चेकका लागि ५ सय रुपैया लिन मेडिकलहरुलाई निर्देशन दिएको छ तर पनि औषधि विक्रेताहरुले १ हजारदेखि १ हजार ५ सय सम्म लिने गरेको जनगुनासो बढिरहेको छ । 

अनुगमनका क्रममा सर्वसाधारणले गरेको गुनासो सत्य प्रमाणित पनि भएको छ । 

कारबाही प्रक्रिया फितलो हुदा समस्या समाधान भने भएको छैन ।

 सर्वसाधारणको व्यापक गुनासोपछि अनुगमनमा निस्किएको ३ नं. वडा समितिको टोलीले सर्वसाधारणलाई टेष्टको नाममा मेडिकल हल तथा ल्याबहरुले बढी मूल्य लिएको मेडिकलमा सरसफाइ नगरी वेडमा राखेर स्वास्थ्यमाथि खेलबार्ड गरेको पाइएको थियो । 

उनीहरुलाई अनुगमनको क्रममा त्यस्तो नगर्न चेतावनी दिइएको वडाध्यक्ष विद्या शाक्यले बताए ।

स्वास्थ्य क्षेत्रजस्तो संवेदनशिल क्षेत्रमा समेत मौकाको फाइदा उठाएर कमाउधन्दा चलाएकोप्रति टोल विकास समितिले समेत आपत्ति जनाएको छ ।

 टोलविकास समितिकी अध्यक्ष पद्मा पाख्रिनले स्वास्थ्यको क्षेत्रमा होस् या दैनिक उपभोग्य वस्तुमा होस वडा कार्यालय, टोल विकास समितिले निगरानीसँगै अनुगमनलाई तिब्रता दिनुपर्नेमा जोड दिइन् ।

मेडिकल व्यवसायीहरुले भने अनुगनका क्रममा आफू चोख्खिएर अरुलाई दोष देखाएका थिए । 

आफूहरुसँग ल्याव टेष्ट नभएकोले टेष्टका लागि ल्याब नै सेम्पल पुर्याउनुपर्ने भएकोले ल्यावले दिएको मूल्य सूचिको आधारमा रकम लिएको बताएका थिए । 

हेल्पिङ हेण्ड मेडिकल हल धरान ३ का सञ्चालक प्रवीन सेन्चुरीले आफूहरुले धरान २ मा रहको नेशनल डाइग्नोस्टिकमा पठाउने गरेको र ल्यावले पठाएको रेड लिष्ट भन्दा बढी नलिएको बताए ।

डेंगुको संक्रमणले धरानलाई आक्रान्त बनाएको समयमा अहिले स्थानीय सरकारको हैसियतले वडावडाबाट लार्भा नष्ट गर्ने अभियान अन्तर्गत सर्च एण्ड डिस्ट्रोय, मेडिकल पसलहरुमा अनुगमनलाई तिब्रता दिएको छ । 

यसमा वडा कार्यालयहरुले सक्रियता बढाएको वडा सदस्य शोभा अधिकारीले बताइन् ।

अहिले धरान उपमहानगरपालिकाले किट खरिद गरेर सर्वसाधारणको डेंगुको निःशुल्क टेष्ट गर्दै आएको छ ।

 धरान उपमहाननगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार धरानमा ४ हजार ४ सय १३ जनाको डेंगु टेष्ट गर्दा २ हजार ६ सय ५४ जनामा संक्रमण भएको पाएको छ ।

 डेंगुकै कारण ४ जना महिला र ४ जना पुरुष गरी ८ जनाले ज्यान गुमाउनु परेको अवस्था छ ।

 यस्तो संक्रमणको अवस्थामा पनि मानवीय संवेदना नहेरी टेष्टको नाममा व्रम्हलुट गर्ने मेडिकल हल, ल्याब लगायतलाई कारबाही भने भएको पाइदैन 

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved