महानगरले डेंगु रोकथाम तथा नियन्त्रणको अभियान सुरु

  • श्रावण १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले मंलबार विराटनगरका सम्पुर्ण वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले शुक्रबारदेखि विराटनगरका १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु नियन्त्रण गर्ने उदेश्यले डेङगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम सञ्चालन गर्न लागिएको बताएका छन ।

महानगरकी उप – मेयर शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन समयमा नै संचेत रहन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी भएको बताइन् । शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, टोल संगठन, स्वास्थ्य संस्था, विद्यालय र राजनैतिक दललगायतको सहभागितामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने बताईन ।

सो अभियानबाट जनचेतना समेत वृद्धि भई महानगरवासी नागरिकहरु आफैं डेंगु रोगको नियन्त्रण र रोकथाममा लाग्ने बताईन । प्रत्ये घरभित्रैबाट नियन्त्रणको अभियान सुरुगर्ने जरुरी रहेको बताउदै घरभित्र रहेका गमला, कुलर खुल्ला राखिएको भाडाको पानिहरु छेपेर राख्ने घरवरिपरी पानि जम्न नदिए डेङगु फैलिनबाट बचन सकिने बताईन ।

महानगर हरेक घर पुग्न गाह्रो हुन्छ । यसमा महानगरवासी नै सचेत हुनुपर्छ र घरभित्र र वरिपरि पानी जम्न दिनहुँदैन ।” उनले औषधि छर्किनु डेंगु नियन्त्रणको विकल्प नभएको बताउँदै कार्कीले खोज तथा नष्ट नै डेंगु नियन्त्रणको उत्तम विकल्प भएको बताइन् ।

पत्रकार सम्मेलनमा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले औषधि छर्किंदा मानवीय स्वास्थ्यमा समेत असर पर्ने बताए । उनले घर वरिपरि पानी जम्न नदिने हो भने डेंगुबाट बच्न सकिने उल्लेख गरे । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले १० हजार संक्रमित हुँदा ९ हजारमा कुनै लक्ष्मण नदेखिने जानकारी दिए ।

बाँकी १ हजारमा ५ सयमा सामान्य भाइरल ज्वरो आउने र ५ सयमा डेंगु ज्वरो आउने उहाँको भनाइ थियो । ५ सयमध्ये पनि १ सयलाई मात्रै डेंगु रोगको जटिल समस्या देखिने महाशाखा प्रमुख अलीले बताए । अलीका अनुसार डेंगुका जटिल समस्या भएका बिरामीमध्ये २ प्रतिशत मात्रै मृत्युदर रहेको छ ।

महानगरभित्र हाल १२ जना बिरामी छन् । कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रानी स्वास्थ्य केन्द्र र वैजनाथपुर स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क चेकजाँचको व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved