संक्रमित विरामीको गुनासोपछि अनुगमनलाई तिब्रता दिइयो

  • साउन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा डेंगु संक्रमितहरुको संख्या अत्याधिक बढ्दै गएको छ ।

जति जति संक्रमित बढ्दै गएका त्यति त्यति मेडिकल माफियाहरुले मौकाको फाइदा उठाउँदै सर्वसाधारणसँग औषधि र उपचारको नाममा महंगो मूल्य लिएर सवसाधारणलाई ठग्ने गरेकोे व्यापक गुनासो गरेपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले अनुगमनलाई तिब्रता दिइएको छ ।

उपचार एवम् औषधिमा मेडिकल हलहरुले चर्काे मूल्य लिने गरेको गुनासो व्यापक आएपछि धरान उपमहानगरपालिका वडा नं. १६ ले आफ्ना वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।

किटको अभाव तथा औषधिको कृतिम अभाव देखाउदै विरामीबाट महँगो मूल्य लिने गरेको व्यापक गुनासो वडामा आएपछि वडाध्यक्षसहितको टोलीले वडामा रहेका मेडिकल हलहरुमा अनुगमन गरेको हो ।

डेंगु संक्रमण पत्ता लगाउने किटको मूल्य १ सय ५० सम्म पर्ने भएपनि १ हजारसम्म लिने गरेको, विरामीलाई लगाइने स्लाइन पानीको मूल्य बढी लिएको र सिविसी चेक गर्दा महँगो शुल्क लिने गरेको पाइएपछि अनुगमन गरिएको वडा सदस्य भीम लिम्बुले बताए ।

उनले अनुगमनका क्रममा विरामीले प्रत्यक्ष थाहा पाउने गरी मूल्य सूचि बोर्ड राख्न निर्देशन दिएको बताए ।

यस्तो अवस्थामा मेडिकल हलहरुले औषधि र उपचारमा बढी मूल्य लिइरहेकोे व्यापक गुनासो आइरहेको समयमा धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाले अनुगमन गरेर बढी रकम लिने मेडिकल हललाई कारबाही नगरेपछि आफूहरुले अनुगमन गरेको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताए ।

उनले अहिलेको विषम् परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोले आ आफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको बताए ।

धरानमा अहिले १६ नं. वडाको टोल टोल र घर घरमा डेंगु संक्रमण रोगीहरु बढ्दै गएका छन् ।

अहिले धरानमा झण्डै ३ हजारको हाराहारीमा डेंगु संक्रमण रोगीहरु रहेका छन् ।

संक्रमणका समयमा सेवा भाव भन्दा पनि मौकामा फाइदा लिने प्रवृत्तिको विकास भइरहेको अवस्थामा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अनुगमनलाई व्यापकता दिँदै आएको जनाएको छ ।

१ सय ५० रुपैयाँसम्म पर्ने किटलाई १ हजारसम्म लिने गरेको सर्वसाधारणे गुनासोको विषयमा वास्तविक बुझेर कारबाही गर्ने महाशाखा प्रमुख उमेश मेहताले बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved