प्रतिष्ठान हाताभित्र मेडिकल अनुगमन अधिकांश नियम विपरीत सञ्चालन

  • श्रावण १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्रत्येक नागरिकले सहज रुपमा राम्रो स्वास्थ्य उपचार पाउने उसको अधिकार हो ।

चेक जाँचसगै औषधी समेत सहज संगै सर्वसुलभ पाउनु हरेक नागरिकको अधिकार हो ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सञ्चालन हुने अस्पताल होस् या पोलिक्लिनिक र औषधी पसल वैध रुपमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालन हुन पर्छ ।

तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् ।

गेट वाहिर सञ्चालनमा रहेका अधिकांश फार्मेसीहरु समेत नियमविपरित सञ्चालनमा छन् ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेको सबै पोलिक्लिनिकहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् ।

पोलिक्लिनिकसगै फार्मेसीहरु समेत अवैध रुपमा सञ्चालनमा रहेका छन् ।

कतिपय फार्मेसीहरुमा त अनाधिकृत व्यक्तिहरुले औषधी समेत विक्री गरिरहेको पाइएको छ । कतिपय औषधीहरु तोकिएको भन्दा धेरै मुल्य लिएर बिक्रि गर्ने गरेका पाइएको फार्मेसी सुपरभाइजर अशोक साह बताउँछन् ।

पोलिक्लिन तथा फार्मेसीहरु आधिकारीक रुपमा दर्ता नगरि तथा केहीले दर्ता गरे पनि नविकरण नगरी सञ्चालन समेत गर्ने गरेका छन् ।

५० प्रतिशत भन्दा धेरै फार्मेसीमा अनाधिकृत व्यक्ति राखेर औषधी विक्री गर्ने गरेको तथा आफू नवस्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्य निरीक्षक पर्शुराम साह बताउँछन् ।

प्रतिष्ठानको गेटमा सञ्चालनमा रहेको दिव्यम् डाइनोष्टिक सेन्टर र माता पाथिभरा मेडिकल सेन्टर त कही पनि दर्ता नगरी अनुमति विना सञ्चालनमा रहको अनुगमनको क्रममा पाइएको थियो ।

सुनसरी प्याथोलोजी ल्याब, पाँचकन्या पोलिक्लिनिक र सुनकोशी डाइगनोष्टिक पनि अवैध रुपमा सञ्चालनमा रहको पाइएको छ ।

उनीहरुले ०७३ सालमा दर्ता गरे पनि त्यसपछि नविकरण गरेका छैनन भने सेवा थप गरेको भए पनि अनुमति भने नलिइएको धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विजयकुमार साह बताउँछन् ।

अनुमति नलिइ फार्मेसी तथा पोलिक्लिनिकहरुको अवैधमा सञ्चालन भइरहेको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन टोली पुग्दा कतिपय व्यवसायीहरु पसल बन्द गरेर भागेका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा प्रतिष्ठानको गेट अगाडी टोली पुग्दा अवैध रुपमा सञ्चालनमा रहेका फार्मेसीहरु बन्द गरेर व्यवसायहरु भागेका थिए ।

कानुन विपरित सञ्चालन भएका फार्मेसी तथा पोलिक्लिनीकहरुलाई कारबाहीको दायरामा ल्याउने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले बताए ।

प्रतिष्ठानको गेट वाहिर सञ्चालनमा रहेका करिव २ सय ५० फार्फेसी मध्ये टोलीले ५८ वटाको अनुगमन गरेको थियो भने अन्य अधिकांश अनुगमन टोली आएपछि बन्द गरेर भागेका थिए ।

गृह मन्त्रालयकाे निर्देशनमा जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ वटै स्थानिय तहमा अनुगमनलाई तिव्रता दिइरहेको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved