कोशी प्रदेशमा ८ हजार ७ सय १९ मुद्धा दर्ता हुदा , ५२ करोड भन्दा बढी राजश्व संकलन

  • श्रावण १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९ / ०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिवरण सार्वजनि गरेका छन । उक्त कार्यक्रम बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख लगाएत प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता भएको थियो । कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन गरि कार्यान्वयन गरिएको थियो ।

यस आर्थिक बर्षभरिमा ८ हजार भन्दा बढी मुद्धा दर्ता भएको थियो । त्यसमध्ये २ हजार ७ सय ७३ फर्च्छौट र ५२ करोड भन्दा बढी राजश्व संकलन भएको छ । समाजमा हुने अपराधीक घटना, भन्सार चोरी निकासी, फैसला कार्यान्वयन,अबैध काठ चोरी निकाशी, नदिजन्य पदार्थ अबैध दोहन, निकाशी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा राज्यस्व संकलन गर्ने सफल भएको छ ।

यस आर्थिक बर्षमा ८ हजार ७ सय १९ वटा बिभिन्न किसिमका अपराध सम्बन्धी मुद्धा दर्ता भई कानूनी कारवाही भईरहेको तथा फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १ हजार ४ सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको थियो ।

त्यसमध्ये ९ सय ४३ बर्ष ७ महिना २ दिन कैदमा रहेका कैदिहरुबाट संकलन भएको राजस्व ४ करोड २४ लाख १२ हजार ३ सय २२ संकलन भएको थियो । त्यसैगरि भन्सार चोरी निकाशी तर्फ बाट अबैध रुपमा समान चोरी निकाशी गर्ने १ सय जना मानिस पक्राउ गरिएको थियो । त्यसबाट संकलन राजस्व २६ करोड ९८ लाख ३८ हजार ९ सय ८० रुपैयाँ संकलन भएको देखिन्छ ।

यसैगरि नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस प्रकाउ गरिएको थियो । दोहनमा संमलगन रहेका ३ सय ३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरिएको थियो । त्यसबाट संकलन भएको ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ ।

अबैध रुपमा चोरी निकासी भएका काठ चोरी गर्ने ३८ जना मानिस पक्राउ भएका थिए । त्यसबाट संकलन भएको राजस्व ५ हजार ९ सय रहेको थियो । ६१ क्यू. फिट. काठ बरामद गरिएबाट १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन गरिएको थियो ।

यसैगरी ट्राफिक ब्यवस्थापन तर्फबाट यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने ३ लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कार्वाहि गर्दा संकलन भएको राजस्व २३ करोड ४८ लाख ६६ हजार राजश्व संकलन थियो । भने लागूऔषध नियन्त्रण तर्फ गाँजा ५ हजार ८ सय १५ केजी , ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३ सय १७ क्याप्सुल नियन्त्रण गरिनुको साथै १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा नष्ट गरिएको छ । यसबाट संकलन भएको कुल राजस्व ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ संकलन गरिएको छ ।

यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी गरिएका बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ । जस अन्तरगत साईबर अपराध, आत्महत्या न्युनिकरण,महिला हिंसा, घरेलु हिंसा, ट्राफिक सचेतना, मानव बेचबिखन लागुऔषध दुर्ब्यसन गरि ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३ सय ५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved