रोहितको हत्याकाे कारण लुटपाट प्रहरीद्वारा दुई जना सार्वजनिक

  • साउन १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  विराटनगर ५ का रोहित चौधरीको हत्याको कारण लुटपाट भएको पाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हत्यामा संलग्न दुई जनालाई सार्वजनिक गर्दै हत्याको कारण लुटपात भएको जनाएको हो ।

प्रहरीले लुटपाटमा संलग्न रहेका लेटाङ नगरपालिका १ का ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङलाई बुधबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका दुवैजना लागु औषध प्रयोगकर्ता रहेको जनाएको छ ।

साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि आज प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न रहेको पाइएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ वास्तोलाले जानकारी दिए । उनले भने ‘इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा उनीहरु नै संलग्न रहेको पाइएको छ, उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए ।’

पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त रहेको र तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त रहेको डिआइजी वास्तोलाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीसमेत बरामद भएको डिआजी बास्तोलाले बताए ।

गत साउन ५ गते २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा चौधरीमाथि माथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved