ड्रागन खेतिबाट दुई दाजुभाई भविष्य खोज्दै

  • श्रावण १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  स्वास्थ्यका लागि फलदायी मानिएको ड्रागन खेतितर्फ पूर्वका कृषकहरु आकर्षित हुदै गएका छन् ।

यो खेतितर्फ कृषकहरु आकर्षित भएका छन् । यो फलको अत्याधिक माग भएकै कारण ड्रागनखेतितर्फ कृषहरु ऋाकिर्षत बन्दै गएका हुन् ।

धरान ५ ठिंगाबारीका दुई दाजु भाईले ड्रागन खेति गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । अहिले उनीहरु यो खेतिबाट भविष्य खोज्दैछन् ।

धरान ५ ठिंगाबारीका दुई दाजुभाई कृषि फर्म नै खोलेर ड्रागन खेतितर्फ लागेका छन् ।

नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म सञ्चालन गर्दै आएका उनीहरुले ड्रागन खेतिबाटै लाखौ आम्दानी गर्दै आएका छन् ।

शुरुमा पशुपालन गर्ने उद्देश्यले खोलिएको यो फर्म अहिले पशुपालनभन्दा ड्रागन खेति तर्फ उनीहरु आकर्षित बनेका छन् ।

सञ्चालकमध्येका सूर्य लिम्बुले अरु फल सिजनमा एक लट फल्ने भएपनि यो फल ९ देखि १० लटसम्म उत्पादन हुने बताए । बजारमा प्रतिकेजी ४ सय रुपैयासम्म विक्री हुने बताउदै आउनु भएका लिम्बुले बजारको मागलाई धान्नै गाह्रो भएको बताए । उनले पूर्ण विषादीरहित उत्पादनमा जोड दिएका कारण स्वास्थ्यका लागि यो अत्यन्तै लाभदायक भएको दाबी गरे ।

सूर्य लिम्बु र देवी लिम्बु दाजुभाइले संंयुक्त रुपमा सञ्चालन गरेको फर्म १० कट्टा क्षेत्रफलमा सञ्चालन गरेका हुन् ।

जेष्ठबाट फुल फुल्न शुरु गरेको ड्रागन फलको जेष्ठ अन्तिममा उनीहरुले पहिलो लट टिपेर विक्री गरे भने असार दोस्रो हप्तामा दोस्रो लट र असार १५ देखि तेस्रो लटको ड्रागन फल टिपेर बजारमा विक्रीका लागि तयारी अवस्थामा राखेका छन् ।

जेष्ठ देखि कार्तिकसम्म ६ महिना यसको फल्ने सिजनको रुपमा लिइन्छ । पहिलो लटमा ३ सय ५०, दोस्रो लटमा खडेरीका कारण उत्पादन गरेर २ सय केजी र तेस्रो लट अर्थात भर्खरमात्र उनीहरुले ५ सय केजी विक्री गर्ने सम्भावना रहेको कृषक देवी लिम्बु बताउछन् ।

यही बर्ष मात्र उनीहरुले ४ लाख २० हजार आम्दानी गरेका छन् । स्वास्थ्यको हिसाबले लाभदायक मानिन्छ ।

ड्रागन फलको प्रयोग गर्न डाइडिसिएनहरुले समेत सुझाएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषना कार्यरत डाइसिएन शिल्पी कुमारीले स्वास्थ्यका लागि लाभदायक फल प्रयोग गर्न सबैलाई सुझाव दिएकी छन् ।

यो फलमा फाइबर, मिटामिन र मिनरलहरु पाउने बताइन् ।

मुटुका रोगी, क्यान्सारका रोगी, पेटसम्बन्धी समस्या भएकाहरुले ड्रागन फुड प्रयोग गर्दा धेरै फाइदा हुने उनले बताइन् । ड्रागनमा कार्वोहाइडको मात्र कम र प्रोटिन धेरै हुने, मिटामिन सी, जिंक म्यानिसियम लगयतका गुण भएकोले मधुमेह विरामीले सेवन गर्दा धेरै फाइदा पुग्ने उनको भनाई छ

ड्रागन फल स्वाथ्यको लागि लाभदायी मानिन्छ । यो सिउडी प्रजातिमा पर्दछ । विदेशबाट आउने गरेको ड्रागन पछिल्लो समय नेपालमै उत्पादन गर्न थालिएको छ । शुरुमा यसको खेति दक्षिण अमेरिकाको मेक्सिकोमा भएको मानिन्छ ।

अहिले यो फल दक्षिण एसियाका देशहरु भियतनाम, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको छ ।

तर पछिल्लो समय नेपालमै कृषकहरुले ड्रागनको खेति गर्न थालेपछि नेपालमा उत्पादन भएको यो फलको माग अत्याधिक रहेको छ ।

विदेशमा उत्पादन भएका ड्रागनभन्दा नेपालमा उत्पादन भएको ड्रागन गुणस्तरीय, स्वादिलो भएकै कारण कृषकहरु यसतर्फ आकर्षित हुदै गएका छन् ।

 

यो पनि

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved