धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रलाई वेड सहयोग

  • श्रावण २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरा राइड च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमले अहिले धरानमा संक्रमणको रुपमा फैलिएको डेगुका विरामीलाई उपचार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेका छन् ।

गत जुलाई १५ मा आयोजना भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिताबाट उठेको रकमबाट धरान उपमहानगरपालिका १४ नं. वडा समितिका रहेको आधारभूत स्वास्थ्य केन्द्रलार्ई स्टेन्डसहितको चारवटा वेड सहयोग पु¥याएका हुन् ।

कोरा राइड च्यालेन्ज २०८० का संयोजक विनयलाल श्रेष्ठले प्रतियोगिताबाट १ लाख ५० हजार रकम उठेको र सोही रकमबाट ३० हजार बराबरको स्टेन्डसहितको चार वटा वेड १४ नं. वडा समितको आधारभूत स्वास्थ्य केन्द्रलाई वितरण गरिएको बताए । धरानमा डेंगुको संक्रमण बढिरहदा आधारभूत स्वास्थ्य केन्द्रले वेड अभावमा भुईमै सुताएर उपचार गरेको पाइएपछि सहयोग गरिएको श्रेष्ठले बताए ।

धरानमा अत्याधिक बढेको डेंगुको महामारीमा १४ नं. वडा कार्यालयले वडाको आधारभूत स्वास्थ्य चौकीमा वेड नभएपछि विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर उपचार गर्दै आएको थियो । तर वेड भएपछि आधारभूत स्वास्थ्य केन्द्रमै उपचार गर्न सहज हुने आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख युनिसा खत्रीले बताइन् ।

वडा समितिका कार्यवाहक अध्यक्ष झर्ना पौडेल मुखियाले वडामा बजेट कम भएकै कारण संक्रमणको समयमा पनि भनेजस्तो उपचार गराउन नसकिएको अवस्थामा चारवटा वेड प्रदान गरेकोमा कोरा राइड च्यालेन्ज प्रतियोगिता आयोजक टिमलाई धन्यवाद दिइन् ।

वेड अभावकै कारण वडाले विजयपुर मेडिकलसँग सहकार्य गरेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताउदै अब त्यो समस्या नहुने बताइन् । वडाले संक्रमणको समयमा आफ्नै खर्चमा विजयपुरबासीहरुलाई निःशुल्क उपचारसँगै औषधि उपलब्ध गराउदै आएको छ । वेड प्राप्त भएसँगै उपचारमा अझ सहज हुने वडा कार्यालयले जनाएको छ ।

यो पनि

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved