धरान मेगा कलेजले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विधार्थीहरुलाई स्वागत तथा सम्मान

  • साउन २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो ।

dharan-mega-222

कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुलाई परिचयात्मक कार्यक्रम गराउने उदेश्यले प्रत्येक बर्ष स्वागत तथा विदाई कार्यक्रम गर्ने गरेको कजेलका शिक्षक अर्जुन घिमिरेले बताएका छन ।

उक्त कार्यक्रममा पहिलो बर्षका विध्यार्थीहरुलाई खदा ओढाएर कलेजले स्वागत तथा सम्मान गरेको छ भने कलेजका पुराना विधार्थीहरुलाई विदाई समेत गरेको छ । यसकारण पनि  धरान मेगा कलेज विधार्थीहरुको रोजाईमा अगाडि पर्ने गरेको छ ।

dharan-mega-4444ppp

 सो कार्यक्रममा उपस्थिति अथिती कलेजका संचालक दिपक घिमिरे ,कलेजका वोड मेम्बर नवराज दर्नाल ,बास्केटबलका अध्यक्ष विकास चाम्लिङ राई ,कजेलका शिक्षकहरु लगाएत अन्य अथितिहरुको समेत उपस्थित रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved