पानीको मुहान नै फोहाेर, सुद्ध खानेपानीबाट बञ्चित धरानका सर्वसाधारण

  • साउन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो ।

परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो ।

धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे ।

सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो ।

धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै लागि परे ।

श्रमदानवाटै पानी ल्याउने उद्घोष गर्दे धरान आपसपासका खोला खोल्सीमा पुग्नुभयो मेयर साम्पाङ ।

उहाँले केही स्थानवाट बर्षायाममा पानी ल्याएर ट्यांकीमा हाले पनि पानीको समस्या समाधान भएन । उनले पानी संकलन गरे पनि परिक्षण गरेनन ।

धरानमा अहिले सतहवाट ल्याएको सोही पानीमा ‘फिकल कोलिफर्म’ भेटिएको छ ।

धरानमा वितरण भइरहेको सतहको पानीमा ‘फिकल कोलिफर्म’ कोलिफर्भ मात्रा ५ देखि ३५ युटिनसम्म सम्म भएको ल्याव रिपोर्ट धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलाई बुझाइयो ।

धरान १५ ले समेत सेउतीको खोलाको सिरानबाट पानी ल्याई धन्यवाद ट्यांकीमार्फत पानी वितरण गर्दै आएको छ । पानीको मुहानमा बारबेर नभएको, खुल्ला अवस्थामा ल्याएको, व्यवस्थापन पितलो भएको, बगेको पानी शुद्धिकरण नगरी लगेको अनुगमनको क्रममा पाइएकोले यस विषयमा वडा समिति गम्भीर भएको वडाध्यक्ष नरेश इवारामले बताए

त्यही खोलामा धरान बजारदेखि नुहाउन जाने, वनभोज खानेले कुखुरा, खसी लगायतका मासु खाएर हड्डी भुत्ला लगायत वगेको पानीमा फालिदिँदा यही पानी धरानबासीले पिउदा खतरा बढेको स्थानीय केवी राई बताउछन् ।

dusid-pani-pi-2 2

उनले यसलाई रोक्न सकेमात्र फोहोर पानी पिउनबाट बच्न सकिने उनको भनाई छ ।

ज्वरो आउने, आँखा पाक्ने, झाडा पखाला लाग्ने समस्या बढ्दै गएपछि पानीकै कारण यस्तो भएको भन्ने विज्ञबाट पनि जानकारी आएका कारण मुहान अनुगमन गर्न आएको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवम १५ नं. वडा समितिकी सदस्य सिर्जना नेपालले बताइन् ।

विगतदेखि धरानको खानेपानीको समस्याका विषयमा कार्यपालिका बैठकमा राखेको र अहिले वस्तुस्थिति बुझ्दा झन विकराल देखिएकोले यस विषयमा कार्यपालिका बैठकमा गम्भीर रुपमा उठाइने उनको भनाई छ ।

dusid-pani-pi-3

धरानमा मेयर हर्क साम्पाङले श्रमदानबाट विभिन्न ठाउँबाट पानी संकलन गरेर पानी ल्याए पनि सुद्धिकरण नभएकै कारण अहिले धरानमा समस्या आएको छ ।

खानेपानी बोर्डमार्फत वितरण हुदै गएको भूमिगत पानीमा कुनै जीवाणु नभेटिए पनि सतहबाट ल्याइएका पानी असुद्ध पाइएको छ ।

सुद्ध पानी प्रयोग गर्ने सर्वसाधारणको अधिकारभित्र पर्छ भने सुद्धिकरण गरेर वितरण गर्ने काम खानेपानी बोर्डको रहनेछ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved