बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई २ लाख सहयोग

  • साउन २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

संखुवासभा/ गत असारमा संखुवासभामा बाढी पहिरोबाट मृत्यु भएका तथा पहिरोमा परेका बेपत्ता भएका परिवारलाई संखुवासभा घर भई कतारमा काम गदैै आएकाहरुले ५ घर परिवारलाई आर्थिक सहयोग गरेको छ ।

संखुवासभा समाज कतार गठन गरेर विगतदेखि नै पीडितलाई सहयोग पुर्‍याउदै आएका उनीहरुले गत असार २ गते राति आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका ५ परिवारलाई सहयोग गरेका हुन् ।

उनीहरुले पीडित ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले लगायतको टोलीले हस्तान्तरण गरेका थिए । त्यसबेला बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर,

सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर लिम्बुका आफन्तलाई प्रतिपरिवार ४३ हजार रुपैयाँका दरले वितरण गरिएको संखुवासभा समाज कतारका सचिव न्यौपानेले बताए । उनले मानवीय संवेदनलाई ख्यालमा राखेर सहयोग पुर्‍याएको बताए ।

बाढीमा परेर अझै पनि १८ जना बेपत्ता छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ हेवाखोलामा गएको बाढी पहिरोका कारण बाढी पहिरोबाट १९ घरपरिवार विस्थापित भएका थिए ।

यस्तै बाढीपहिरोका कारण जिल्लाका ८ वटा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुईवटा पक्की पुल बगाएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved