नेपाली विभागको ‘ज्ञानदीप’ सार्वजनिक

  • श्रावण २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागले प्रकाशन गरेको अनुसन्धनात्मक जर्नल ‘ज्ञानदीप’ को विमोचन गरिएको छ । 

क्याम्पसकै सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा जर्नल विमोचन गरिएको हो ।

 प्राडा गोपालप्रसाद भण्डारी प्रधान सम्पादक र प्राडा रमेश घिमिरे सम्पादक रहेको सो जर्नलमा १३ वटा अनुसन्धानात्मक लेखहरू समेटिएका छन् ।IMG_20230807_091043

 सो जर्नलमा र्अना सापकोटा, इन्दिरा राई, गुरुप्रसाद पोखरेल, डा टङ्कप्रसाद पन्थ, डा दीपकप्रसाद न्यौपाने, डा प्रेमप्रसाद तिवारी, राजेश विद्रोही, लक्ष्मीकृष्ण श्रेष्ठ र रमेशकुमार श्रेष्ठ, शक्तिराज नेपाल, डा शङ्करप्रसाद गैरे, डा शालिकराम पौड्याल, सीता अधिकारी थापा र डा सुभाषचन्द्र न्यौपानेका लेखहरू सङ्कलित छन् ।

त्यस क्रममा जर्नलका प्रधान सम्पादक भण्डारी र सम्पादक घिमिरेलाई सम्मान पनि गरिएको थियो ।

विभागीय अध्यक्ष डा दीपकप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख चन्द्रकुमार राईले क्याम्पसमा सम्पन्न हुने प्राज्ञिक कार्यहरूमा क्याम्पसले सबै किसिमबाट सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै प्राडा टङ्कप्रसाद न्यौपाने र प्राडा अशोक झाले जर्नल प्रकाशनका लागि विभागलाई धन्यवाद दिएका थिए । 

विभागका सदस्य डा सुभाष न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा विभागका अर्का सदस्य राजेश विद्रोहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved