किरात राई यायोक्खाको ३६ औं स्थापना दिवशमा रक्तदान

  • साउन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान। किरात राई यायोक्खाको ३६ औं स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवश मनाएको हो ।

रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए ।22

यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित

कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्‍याउने चार जनालाई ’जिवन्त यायोक्खा सम्मान’ बाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा किराया धरान १८ का पूर्वअध्यक्ष बिर्ख बहादुर राई, किराया धरान १७ का अध्यक्ष बलराम राई, किराया धरान १९ का अध्यक्ष मेघनाथ राई र किराया धरान ८ का अध्यक्ष निरबहादुर राई रहेका छन् ।

5 उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा किराया केन्द्रीय कार्यसमितिका पूर्वअध्यक्ष तिलक राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतले किराती संस्कार अनुसार फेटा गुथेर सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

डेंगु उपचारमा आवश्यक भए यायोक्खाले आफ्नो भवन उपलब्ध गराउनेः किराया सुनसरी अध्यक्ष राजेन्द्र राई
कार्यक्रममा किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले डेंगु रोगका कारण अहिले धरान आक्रान्त बनिरहेको बताए । उनले उपमहानगरपालिकालाई डेंगु उपचार केन्द्र बनाउन आवश्यक परेको खण्डमा यायोक्खाले आफ्नो भवनसहित विभिन्न वडामा रहेको भवन समेत निःशुल्क उपलव्ध गराउने बताए ।

“जिल्लाको आफ्नै भवन पनि छ, किरायाको विभिन्न वडाहरुमा आफ्नै भवन छ” अध्यक्ष राईले भने “वडा नंं। ८, १५, १९, १७, ५ र १३ मा किरायाको आफ्नै भवन छ, परिआएको खण्डमा डेंगु उपचार केन्द्रको निम्ति निःशुल्क उपलब्ध गराउँछौं ।”

6 कार्यक्रममा प्रमुख अतिथी राईले यायोक्खामा युवाहरुको आकर्षण हुन नसकेको बताए । उनले यायोक्खाको वडा तहमा युवाहरुलाई नेतृत्वमा ल्याउन ठोस योजना बनाएर यायोक्खा लाग्नुपर्ने समेत सुझाब दिए ।

कार्यक्रममा धरान ८ वडाध्यक्ष धन बहादुर राई, आदिवासी जनजाती समन्वय परिषद सुनसरी अध्यक्ष राम मान्डुपा राई, किराया सुनसरीका सल्लाहकार पूर्वगार्खा मेजर डिबी साम्पाङ राईलगायतले बोलेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved