मोडलदेखि सेलिब्रेटी सम्मको ‘क्याटवाक’

  • साउन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् ।

विराटनगर वडा नम्बर –३ पिपल चोक स्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत अन्य मोडले तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् ।

उक्त फेसन शो मा तनस्का डिजाइनरहरुले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा गरेका थिए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी ¥याम्पमा गरेका थिए । उनीहरु सँगै चर्चित मोडेल कार्की र कलाकार निरौलाले समेत ¥याम्पमा उत्रीदा झनै कार्यक्रमको रौनकता बढेको थियो ।

सो कार्यक्रम विराटनगर–३ गोग्राहा चोकमा रहेको कञ्चनजंघा व्याङ्केटको सभाहलमा भएको थियो । फेसन शो मा दर्शकहरुको बाक्लो उपस्थीति रहेको थिए । भने गायिका सत्यकला राई र ¥याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुतीले दर्शकहरुलाई अझ उत्साहित बनाएको   रमालो बनाएको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् । फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्न विराटनगर महानगरपालिकाले पनि आवश्यक परेमा सहयोग गर्ने प्रतिबदता समेत गरेकी छन ।

नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगरको फेसन डिजाइन क्षेत्रमा तनस्काले नयाँ आयाम थपेको छ । यसले पकै पनि उत्कृष्ट रुप लिने प्रतिक्रिया दिए । कार्यक्रममा तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फेसन शो गरिएको बताएकी छन ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो समेत रहेको छ ।

सामान्य सर्वसाधारण देखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउने गरेको बताईन सीटीईभीटी बाट मान्यता प्राप्त सो कलेजले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष समेत अध्ययन गराउँदै आएको छ ।

 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved