गैरकानुनी कार्य गर्ने जो कोहीलाई कारबाही हुने : मेयर हर्क साम्पाङ

  • साउन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रहेको रौता कन्ट्रक्सनले गैरकानुनी रुपले कार्य गरेको भेटिएको छ ।

धरान इटहरीको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि धरान १० का वडाध्यक्ष विवेक राई लगायत कार्यपालिका सदस्य दिनेश गजमेर युवा संघका प्रतिनिधि सहित नेकपा एमाले धरान वन वातावरण विभागका प्रमुख राजकुमार राई (तिलक) उप प्रमुख कुमार भारती,उपभोक्ता हित संम्रक्षण विभाग प्रमुख कमल भट्टराई,युवा सघं नेपाल धरानका उपाध्यक्ष रोगेन्द्र राई सहितको टिम ले स्थलगत अनुगमन गर्दा गैरकानुनी कन्ट्रक्सन चलाएको भेटिए पछि उक्त कार्य बन्द गराएको थियो ।

रौता कन्टक्सनले अबैधरुपमा चलाएको प्लान्टको चावी बुझ्दै मेयर साम्पाङले धरान उपमहानगर क्षेत्र भित्र कसैले गैरकानुनी कार्य गर्छ भने कानुुनी निकाय अनुसारको कार्वाहि हुने गैरकानुनी काम गर्ने कसैलाई पनि छुट नहुने बताएका छन ।

सो अनुगमन टोलिले सोमबार मेयर साम्पाङ लाई  चावी बुझाएको छ । गैरकानुनी काम गर्ने अधिकार कसैलाई नभएको भन्दै सम्बन्धित पक्षले प्रकृया पुरा गरेर आउनु पर्ने साम्पाङले बताएका छन ।

ban-22

आइतबार अनुगमनको क्रममा धरान इटहरी सडक खण्डको पिच गर्ने प्रयोजनका लागि स्वीकृती लिएर सडक कालोपत्रे गर्न आवश्यक पर्ने सामाग्रीहरु अन्य कम्पनीलाई बेच्ने गरेको भेटिएको थियो । धरान इटहरी सडक खण्डको सडक कालोपत्रे नभएको तर उक्त बन क्षेत्रमा प्रदुषण फैलाउदै समाग्री उत्पादन गरेको भन्दै गुनासो आएपछि आइतबार धरान १० का वडाध्यक्ष विवेक राई सहितको टोलि सो स्थान पुगेर उक्त कार्य रोक्न लगाएका हुन ।

अनुगमनका क्रममा रौता कन्ट्रक्सनले कुनै सरकारी निकायबाट अनुमति नलिकन सामाग्री उत्पादन गरेर अन्यत्र बेचेको,जिल्ला बन कार्यालयबाट उक्त कार्य बन्द गर्न एक हप्ताको अल्टीमेटम दिए पनि त्यसलाई अटेर गरेको जस्ता कार्यहरु गरेको पाइएको वडाध्यक्ष विवेक राईले बताए।

बन क्षेत्रमा अबैध कार्यगर्ने छुट कसैलाई छैन,जुन कामको लागि राखिएको हो त्यो काम सकिएपछि त्यसलाई बन्द गर्नु पर्छ या हटाउनु पर्छ धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेस गजमेरले भने ‘यहाँ त जंगल क्षेत्रलाई ब्यापार गर्ने थालो बनाइएको रहेछ । जिल्ला बन कार्यालयका प्रमुख धर्मनाथ यादबले अबैध काम भएको जानकारी पाउन साथ हटाउनका लागि पत्र समेत पठाइएको बताए ।

बन क्षेत्रमा यसरी अबैध काम गर्न मिल्दैन हामीले मौखिक र लिखित दुबै रुपमा हटाउन भनि सकेका छौ उनले भने । नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एमाले विक्रीती र विसंगती तथा गैरकानुनी कार्यको विपक्षमा सधै रहने बताए । विधिको शासन कायम गराउने सवालमा हाम्रो सबैलाई साथ र सहयोग रहन्छ उनले भने ।

सशस्त्र प्रहरी बल न. ...

धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरी ...

धरानमा लागू औषधसहित ...

धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक ...

झापाको बिर्तामोडबाट ...

झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा ...

सुनसरीमा मोटरसाइकलले ...

धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved