धरानमा सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स लन्च

  • श्रावण २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / नेपालमा लामो समय देखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स धरानमा लन्च भएको छ । सो दुइ एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने धरानका लागि आधिकारिक डिलर राई माेटर्सले जनाएको छ । साे नयाँ गाडिकाे ग्लोबल आइएमई बैंक लि. धरान शाखाका प्रमुख श्री भुपाल घिमिरेले रिबिन काटेर उद्घाटन गरेका थिए ।

नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्रोप तथा सिजी नेक्जीनले सो एसयूभीहरु बुकिंङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो ।

कम्पनीले आक्रषण मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य रू। ५९ लाख ९९ बाट र फ्रोन्क्सको मूल्य रू. ३९ लाख ९९हजार बाट सुरु हुनेछन् । ५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रसिद्ध कारमध्ये एक हो । यस मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ ।

suzuki-pp222

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोरह्वील प्रणाली, अल ग्रीप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंंक राइडिङ एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गर्दछ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२ / ६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।

“द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नया युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved