डेंगुको प्रकोप बढेपछि निः शुल्क औषधि वितरण

  • साउन २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानमा डेंग संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।

धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म ३ हअजार ६ सय २५ जनाको डेंगुको परीक्षण गर्दा २ हजार १ सय ६२ जनामा संक्रमण फेला परेको हो ।

अहिले डेंगुको लार्भा नष्ट गर्ने, चेकजाँच गर्ने लगायतका कामलाई राजनीतिक दल तथा स्थानीय सरकारले गर्दै आएको छ ।

पछिल्लो समय नेपाली काँग्रेस ३ नं. बुथ समितिले डेंगुका लार्भा नष्ट गर्नेदेखि लिएर डेंगुका विरामीहरुलाई सिटामोल, जीवनजल लगायतका औषधिहरु निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।

 

घरैपिच्छे डेंगुका संक्रमण छ । औषधि लिन जानसम्म सक्ने अवस्था भएका विरामीहरु छन् ।

यस्तो अवस्था भएकाहरुलाई घरघरमै पुगेर औषधि वितरण गरिएको नेपाली काँग्रेस वडा ३ न. बुथ समितिका सभापति उमेश श्रेष्ठले बताए ।

विपन्न तथा औषधि किन्न समेत नसकेका डेंगुका संक्रमण विरामीहरुलाईे घरघरमै पुगेर औषधि वितरण गरिएको नेपाली काँग्रेसकी क्षेत्रीय प्रतिनिधि शोभा बराइलीले बताइन् ।

३ नं वडा समितिकी सदस्य समेत रहनु भएकी बराइलीले सचेतनाको अभावका कारण डेंगुका विरामी बढ्दै गएको पाइएको जानकारी दिइन् ।

 

घरमा पानी जम्मा गरेर राख्दा डेंगुको संक्रमण बढी हुन्छ भन्ने थाहा हुदाहुदै पनि स्थानीयहरुले अहिले पनि पानी जोहो गर्ने गरेको पाइएको छ ।

धारामा पर्याप्त पानी नआउने भएकैले पानी जोहो गर्नुपर्ने बाध्यता भएको स्थानीयहरुले बताएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved