परिवारले शव बुझ्न मानेनन्

  • श्रावण २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

संखुवासभा/ संखुवासभाको जिल्ला कारागारमा बुधबार मृत्यु भएका दुई जना कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् ।

जिल्ला कारागार खाँदीबारमिा रहेका मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षीय आकास बलामीको झडपका क्रममा घाइते भएका थिए । बुधबार बिहान उनीहरुको उचारका क्रममा मृत्यु भएको थियो ।

कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् ।

तर उनीहरुको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेको उनको भनाई छ ।

राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर भाग्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उनको भनाइ छ ।

आफन्तले भने प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउदै आएका छन् । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले समेत प्रहरीले कुटेर कैदीलाई मारेको बताइरहँको भन्दै आफन्तले शव बुझ्न नमानेका हुन् ।

प्रहरीविरुद्ध कारागारभित्रका अन्य कैदी बन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । सुरक्षा घेराभित्र कारागारमा बसेका आफूहरू प्रहरीबाटै असुरक्षित बन्नु परेको गुनासो कैदीबन्दीको छ ।

दोषी प्रहरी माथि कारबाही हुनुपर्ने माग राखेर कैदीबन्दीले सुरक्षाकर्मीमाथि लक्षित गर्दै कारागार भित्रबाट ढुंगा प्रहार गरेका थिए ।

सुरक्षामा खटिएका प्रहरीमाथि नै कैदी मारेको आरोप लागेपछि र कारागारभित्र कैदीबन्दीबीच झडप भएको पुष्टि हुन नसकेपछि शंकास्पद घटनाले अर्को रूप लिएको छ।

कारागारको शौचालयको रड काटेर भाग्न खोजेको भन्दै सादा पोशाकमा चार-पाँचजनाको संख्यामा रहेका प्रहरीले दुईजनालाई कारागारको कम्पाउण्डभित्रै बुधबार राति निर्घात कुटपिट गरेको अन्य कैदीबन्दीको आरोप छ ।

कैदीको मृत्यु भएपछि कारागारको अन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताए ।

कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि ९ जनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको जेलर घिमिरेले बताए ।

अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो। दुवैजना १ वर्षदेखि कारागारमा थिए।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved