महानगरले डेंगुको निःशुल्क परीक्षण गर्ने तयारी

  • साउन २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाह अनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगर अन्तर्गतको उक्त अस्पतालमा डेंगु रोगको चेकजाँच निःशुल्क परीक्षण  व्यवस्था मिलाइएको हो । स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिएकाम छन ।

सुनसरीको धरान लगायतका केही स्थानमा डेंगुको संक्रमण फैलिएपछि महानगरले समेत सयमा नै डेङगु बाट बचन पुर्व तयारीलाई समेत व्यापक बनाएको छ । यसअघि महानगरको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले विराटनगर क्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगु रोगको किटबाट परीक्षण गर्दा ६ सयभन्दा बढी शुल्क लिन नपाउने निर्णय समेत अगावै गरेको छ ।

डेंगुको परीक्षण गर्दा निजी स्वास्थ्य संस्था र अस्पतालहरुले १८ सय रुपैयाँ सम्म शुल्क लिने गरेको गुनासो आएको थियो । “महानगरसित भएको स्रोत साधनबाट महानगरवासीलाई अधिकतम् सेवा दिने हाम्रो उद्देश्य रहेको छ,” मेयर नागेश कोइरालाले भने, “तत्कालका लागि महानगरपालिका मातहत भित्ररहेका रानी अस्पताल र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएका छौं ।”

महानगरले प्रत्येक शुक्रबार डेंगु खोज र नष्ट गर्ने अभियान समेत निरन्तर सञ्चालन गर्दै आएको छ । प्रत्येक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म माहानगरका १९ वटै वडामा जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, प्रहरी, समाजसेवी लगाएत विभिन्न संघसंस्थाहरुको सहभागितामा डेङगु ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved