जन्म दिनमा ज्ञानचक्षु विद्यालयलाई सहयोग

  • श्रावण २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । जन्म दिनको अवसर पारेर मजदुर नेता लक्ष्मी बानियाले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ खाना खुवाउनुका साथै ५० वटा कुर्सी सहयोग गरेका छन् ।

जन्म दिनको अवसर पारेर उनले विद्यालयका प्राध्यानाक्यापक प्रमोद भट्राईलाइ कुर्सी हस्तान्तरण गरेका हुन भने विद्यालयमा अध्ययनरत ७० जना बालबालिकालाई विहानको खाना खुवाएका हुन् ।

कोशी प्रदेशकै एक मात्र विद्यालय ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्यार्थी अध्ययनरत गर्ने गरेको र आर्थिक विपन्नता भएका बालबालिकाहरु भएकाले पनिे जन्मदिनको अवसर पारेर विद्यार्थीहरुसँगै जन्म दिन मनाएको उनले बताए ।

उनले पहिलादेखि नै जन्म दिनको अवसर पारेर यहाँका विद्यार्थीसँग जन्म दिन मनाउने इच्छा भएको पनि यस बर्षको जन्म दिन भने जुरेको बताए ।
विगतमा पनि केही न केही सहयोग पु¥याउँदै आएका उनले मानवीय सहयोगका लागि पनि यस बर्षको जन्मदिन ज्ञानचक्षु विद्यालयका विद्यार्थीसँग मनाएको बताए ।

यता विद्यालयका प्रिन्सिपल प्रमोद भण्डारीले समाजसेवी बानियाले गरेको सहयोगले विद्यालयलाई धेरै राहत मिलेको बताए । उनले सरकारी स्रोत न्यून रहेको र दाता र सहयोगी हातबाट विद्यालय सञ्चालन हुदै आएको बताए । उनले भने– ‘नेपाल सरकारबाट २२ वटा दरबन्दी दिएको, १२ वटा दरबन्दी नेपाल सरकार शिक्षा विभाग विशेष शिक्षा परिषदबाट शिक्षकबालागि स्वीकृत रहेका छन् भने १० वटा दरबन्दी भने कर्मचारीका लागि भएको बताए ।

janma din sahaog pic-1 यो विद्यालयमा एक जना विद्यार्थी बराबर ४ हजार नेपाल सरकारको आवसीय छात्रवृत्तिबाट उपलब्ध हुने, यो बर्षको १० महिनाको आउने गर्छ, एकजनाको बर्षका ४० हजार रुपैया आउने गर्छ यो ४० हजार रुपैयाले नै सम्पूर्ण कुराको व्यवस्था गर्दै आएका छौ ।’

यसबाहेक दाताहरुले दिएको रकम, चन्दालाइ अक्षयकोषामा राखेको अक्षय कोषबाट आएको व्याज विद्यालयकै कामका लागि प्रयोग गरिने प्रिन्सिपल भण्डारीले जानकारी दिए । यही रकमबाट विद्यालयको शैक्षिक, भौतिक संरचना लगायतका विषयमा खर्च गर्ने र खर्च गर्दा पनि विद्यालय व्यवस्थापन समितिको बैठकबाट पारित भएपछि मात्र गर्ने गरिएको उनले बताए ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved