धरानलाई जनस्वास्थयको आपत्तकालिन अवस्था घोषणा गर्ने तयारी

  • साउन २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा तीब्र रुपमा डेंगु संक्रमण फैलिएको छ । कोशी प्रदेशभरि नै धरान डेंगुको हटस्पोट भएको छ ।

प्रत्येक दिन डेंगु संक्रणका विरामी बढेका बढ्यै छैन् ।

यसैलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णय अनुसार धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले तयारी गरेको छ ।

स्वास्थ्य कार्यालय, सुनसरीले जिल्ला विपद व्यवस्थापन समिति सुनसरीलाई अनुरोध गर्ने साउन १९ को निर्णयअनुसार प्रतिकार्य टोली (आरटीआर) को बैठकबाट अनुरोध भएको साथै साउन २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत निर्णय गरेकाले धरान उपमहानगरपालिकालाई डेङ्गी संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई

’जनस्वास्थ्यको आपतकालीन अवस्था’ घोषणा गर्न गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रजिअ हुमकला पाण्डेले जानकारी दिइन् ।

शुक्रबार पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

डेङ्गी रोगको संक्रमणले सुनसरी जिल्लाका १२ स्थानीय तहहहरुमा ८ हजार ४ सय ९२ जनामा सङ्क्रमण देखिएको र ९ जनाको मृत्यु भएको तथ्यांक छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved