एस्पायर कलेज बिराटनगरका बिद्यार्थीहरु ४ जिपिए सहित शत प्रतिशत उत्तीर्ण

  • श्रावण २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर /  काठमाडौ बिश्वबिद्धालय, एस्पायर कलेज बिराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

गत असार मा काठमाडौ बिश्वबिद्धालय बाट संचालित प्रथम बर्ष प्रथम सेमेस्टरको परिक्षाको नतिजा सार्वजनिक भए सगै बिद्यार्थीहरुले यो सफलता प्राप्त गर्न सफल भएका हुन ।IMG-20230810-WA0002

कलेजका बिद्यार्थीहरु तुसार गणेश , कृतिज्ञा कटवाल , सुशान्त नेपाल , दीक्षा राई र गौरव दाहालले ४ जिपिए प्राप्त गर्न सफल भएका छन भने ८ जना बिद्यार्थीहरुले ३\९ भन्दा बढी जिपिए ल्याएको र बाकी बिद्यार्थीहरुले ३/२४ भन्दा माथि जिपिए ल्याएर उत्तीर्ण भएका छन ।

यसरी उत्कृष्ट अङ्क सहित उत्तीर्ण तुसार गणेशले यो आफूहरुको मात्र सफलता नभएर कलेज प्रशासनको समेत महत्वपूर्ण योगदानका कारण आफुहरु सफल हुन सकेको बताए ।IMG-20230810-WA0004

त्यस्तै कृतिज्ञा कटवालले बिद्यार्थी मैत्री सिकाइ बातावरण भएका कारण छोटो समयमा नै आफुहरुमा अध्य्यन प्रती रुचि जागेको र कक्षाका सम्पुर्ण बिद्यार्थीहरु उच्च जिपिएका साथ उतिर्ण हुन सफल भएको बताइन् ।

कलेजका कोअर्डिनेटर इन्जिनियर खेमनाथ खतिवडाका अनुसार काठमाडौ बिश्वबिद्धालयको उत्कृष्ट शिक्षण विधि तथा बिद्यार्थीहरुको सामुहिक तथा ब्यक्तिगत मेहेनतका कारण ठूलो सफलता हात लागेको हो ।

साथै सुचना प्रबिधि बिषय प्रती बिद्यार्थीहरुको उच्च लगावले गर्दा नतिजामा प्रभाव परेको उहाँको भनाइ छ ।IMG-20230810-WA0003

कलेजका प्रधानाध्यापक चिन्तामणी बस्नेतले जनाए अनुसार कलेजले गर्ने हरेक गतिविधिलाई प्रयोगात्मक कार्यमा बढी फोकस गरिएको छ , साथै बिद्यार्थीको सिकाइका लागि आवश्यक भौतिक पुर्वाधारमा बिशेष ध्यान दिइएको छ ,

साथै काठमाडौ बिश्वबिद्धालयबाट समय समयमा आउने प्राध्यापकहरुको गाइडेन्स पनि सफलताको कडिका रुपमा स्थापित भएर पहिलो बर्षमा नै उत्कृष्ट नतिजा दिन सफल भएको जानकारी दिनु भयो ।

साथै परीक्षा भएको एक महिना नबित्दै नतिजा आउनु पनि बिद्यार्थीलाई थप हौसला मिलेको बस्नेतले जानकारी दिनु भयो । यो प्रथम सेमेस्टरको परिक्षाको नतिजाले एक खुड्किलो पार गरेको मात्रै हो र बाकी सेमेस्टरमा पनि अझ उत्कृष्ट नतिजाका लागि तयारी हुन समेत बिद्यार्थीहरुलाइ हौसला प्रदान गर्नु भयो ।

काठमाडौ बिश्वबिद्धालयको साझेदारीमा संचालित एस्पायर कलेजमा होटल म्यानेजमेन्ट र ब्याचलर इन टेक्निकल एजुकेशन आइ टि मा यस बर्षका लागि समेत भर्ना प्रक्रिया सुरु गरिएको र उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्नका लागि बिद्यार्थीहरु भर्ना प्रक्रियामा सामेल हुन सक्ने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

यो पनि

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved